शुक्रबार, बैशाख ४,२०८३ 08:51:28
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 08:51:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा करिब ८ खर्ब पुग्यो

Bizshala
निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा करिब ८ खर्ब पुग्यो
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ४२ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५७.० प्रतिशत र १०.७ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।

स्पेयर पार्टस्, चाँदी, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, तेलहनलगायतका वस्तुको आयात घटेको छ । आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई रु.७ खर्ब ९७ अर्ब पुगेको छ ।

CG Motors
Garima Development Bank
IME remit

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.८६ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.८८ अर्ब ५६ करोड बराबरको भएको थियो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.