सोमबार, श्रावण १८,२०८३ 04:34:27
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:34:27
Bizshala
Global IME Bank Limited

चन्द्रागिरी हिल्स ४.७० करोड घाटामा, आम्दानीमा ४१% को गिरावट

चन्द्रागिरी हिल्स ४.७० करोड घाटामा, आम्दानीमा ४१% को गिरावट
New Office

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनी ४ करोड ७० लाख रुपैयाँ घाटामा गएको हो ।

अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको आम्दानी समेत घटेको छ । अघिल्लो आवमा ४२ करोड २५ लाख रहेको कम्पनीको आम्दानी ४१.०८ प्रतिशतले घटेर २४ करोड ८९ लाखमा सीमित बनेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कम्पनीको भौतिक संरचना तथा केवलकारका उपकरणमा क्षतिका कारण गत त्रैमासिकको बाँकी अवधिभर कम्पनीको आर्थिक गतिविधिहरु पूर्ण रुपमा ठप्प रहेको थियो । तर यस त्रैमासको मध्य अवधिदेखि अर्थात मंसिर १५ गतेबाट कम्पनीको कारोबार पुनः सञ्चालनमा आएको छ ।

कम्पनीको कारोबारको मुख्य समयमा भएको बन्द कम्पनीलाई आर्थिक रुपमा ठूलो नोक्समनी भएको र यसको परिपूर्तिका लागि प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनी खर्च नियन्त्रण गर्न भने सफल भएको छ । कम्पनीले कुल १२ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको छ । यो भनेको अघिल्लो आवको तुलनामा ११.०७ प्रतिशतले कम हो । यस्तै कम्पनीको वित्त खर्च समेत ८ करोड ७३ लाखबाट घटेर ६ करोड ७४ लाखमा सीमित बनेको छ ।  

अघिल्लो आवमा ४१ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार ४ करोड ६२ लाखले धनात्मक बनेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४९ करोड १४ लाख र कुल चालु दायित्व १३ करोड ६१ लाख रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.०७ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०३.०२ रुपैयाँ, पीई रेसियो २७७.६८ गुणा ऋणात्मक र तरलता अनुपात ३.६१ प्रतिशत कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.