मंगलवार, फाल्गुन ५,२०८२ 03:45:35
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 03:45:35
Bizshala
Global IME Bank Limited

वर्ल्डलिंकद्वारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण

वर्ल्डलिंकद्वारा कालिकोट स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण
Shivam Cement

काठमाण्डौ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोट जिल्लाको पचालझरना गाउापालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदिएको छ । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले सामाजिक उक्तरदायित्व कार्यत्रम अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान गरेको हो ।

नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधि सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुादै आएको थियो । स्वस्थ्यचौकीमा देखिएको समस्याको समाधानको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले बताइन् । उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वर्ल्डलिंकले देशका विभिन्न स्थानमा समुदायमुखी सामाजिक उक्तरदायित्वका कार्यत्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताइन् । उनले प्रविधि र पूर्वाधारसागै शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जानकारी दिए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैबीच, वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ  । लोकोपकार संस्थासंगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा सो कार्यक्रम संचालन गरेको थियो ।

निर्देशक जालानले विद्यालयमा पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएकी थिइन् । 

उक्त अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यामबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने जालानले बताइन् ।

वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुाच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.