मंगलवार, फाल्गुन १२,२०८२ 08:08:05
Bizshala
  • मंगलवार, फाल्गुन १२,२०८२ 08:08:05
Bizshala
Global IME Bank Limited

चुनावको सुनिश्चिततासँगै अर्थमन्त्रीले भने: 'Wrapping up', समर्थकले सोधे-'इलेक्सनपछि सेयर बजार के हुन्छ ?'

चुनावको सुनिश्चिततासँगै अर्थमन्त्रीले भने: 'Wrapping up', समर्थकले सोधे-'इलेक्सनपछि सेयर बजार के हुन्छ ?'
Shivam Cement

काठमाण्डौ । ‘हुँदै हुन्न’, ‘भाँडिन्छ’, ‘अन्तिम समयमा सबै बर्बाद हुन्छ’ जस्ता भाष्य निर्माण हुँदै आए पनि सबै परिस्थितिलाई चिर्दै फागुन २१ गतेको निर्वाचन हुने सुनिश्चित भएपछि सरकारमा सहभागी मन्त्रीहरु ‘ग्रेसफूल फेयरवेल’(सुखद विदाई)को मूडमा देखिएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा निकायबाट निर्वाचन सुरक्षामा कुनै समस्या नरहेको ब्रिफिङपछि बिनासशंय चुनाव हुने निश्कर्षसहित निर्वाचन आयोगको सिफारिसअनुसार ३ दिन सार्वजनिक दिएर चुनावलाई राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णयपछि सरकारका प्रभावशाली मन्त्रीहरुले खुशी व्यक्त गर्दै सुखद विदाईको मूड बनाएका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मंगलबार सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। यसअघि आइतबार निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो।

आयोगले २०, २१ र २२ गते बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। प्रतिनिधि सभा निर्वाचन अन्तर्गत फागुन २१ गते मतदान हुनेछ। योसँगै निर्वाचनको बेलामा एक सातासम्म बिदा हुने भएको छ।

यसपालि फागुन १८ गते पहाडमा र १९ गते तराईमा होली परेको छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको विदा रहेको छ ।  

यसरी हेर्दा अब निर्वाचनअघि ४ कार्यदिन मात्र बाँकी रहेको छ । यही विषयलाई समेट्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका प्रभावशाली मन्त्री तथा अर्थमन्त्री डा. रामेश्वर खनालले सामाजिक सञ्जालमा खुशी भाव व्यक्त गरेका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Status of Rameshore Khanal

'निर्वाचनअघि चार कार्यदिन बाँकी, Wrapping Up !' उनले सामाजिक सञ्जाल फेसबुकमा क्याबिनेट बैठकलगत्तै स्टाटस पोस्ट गरेका छन् ।  

उनको पोस्टमा कमेन्ट गर्ने धेरैले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न लागेकोले बधाई दिएका छन् ।  

कतिपयले चाहिँ अर्थमन्त्रीको स्टाटसमा कमेन्ट गर्दै 'निर्वाचनपछि सेयर बजार कता जान्छ ?' भन्ने प्रश्न सोधेका छन् ।  

केहीले भने जनताले अर्थमन्त्री खनाल र सरकारबाट यसभन्दा निकै धेरै अपेक्षा गरे पनि अपेक्षित काम हुन नसकेको भनेका छन् ।  

एकजनाले चाहिँ 'इण्डो-अमेरिकालाई बुझाएर विदा हुँदै हुनुहुन्छ' भनेर समेत कमेन्ट गर्न भ्याएका छन् ।  

धेरैले चाहिँ अर्थमन्त्रीलाई बधाई ज्ञापन गरेका छन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.