काठमाण्डौ । नेपालको ५ तारे होटल याक एण्ड यती होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ४७ औं साधारण सभा आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा आयोजना हुनेछ ।
उक्त सभामा कम्पनीको सञ्चालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको गत आर्थिक वर्षको वासलात,नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गरिनेछ ।
यस्तै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने प्रस्ताव पारित गरिनेछ ।
सेयरवालाहरुको दर्ता किताब चैत २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहने कम्पनीले जनाएको छ ।