सोमबार, फाल्गुन १८,२०८२ 11:48:08
Bizshala
  • सोमबार, फाल्गुन १८,२०८२ 11:48:08
Bizshala
Global IME Bank Limited

मौन अवधि आज रातिदेखि सुरु हुने

मौन अवधि आज रातिदेखि सुरु हुने
Shivam Cement

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत फागुन २१ गते हुने मतदानका लागि उम्मेदवारहरूले सोमबार प्रचारप्रसार गर्ने अन्तिम अवसर पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचन, २०८२ का लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुनेछ। मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहने व्यवस्था छ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा त्यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न निषेध गरिएको आयोगले जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आयोगले मौन अवधिमा पालना गर्नुपर्ने विशेष आचरणसमेत तोकेको छ। जसअनुसार कुनै पनि प्रकारका प्रचारप्रसार, छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला वा गोष्ठी आयोजना गर्न पाइने छैन। साथै, मतदानको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने प्रावधान छ।

त्यसैगरी, कुनै पनि विधि वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको छ। आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को प्रयोग गरी वा नगरी सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया दिनसमेत नपाइने आयोगले स्पष्ट पारेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

मौन अवधिमा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पनि तोकिएको आचारसंहिता पालना गर्नुपर्नेछ। मतदानको अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक शो, टिप्पणी, विश्लेषण तथा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न नपाइने आयोगले जनाएको छ।

आयोगले सबै सरोकारवालालाई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.