मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गर्ने आयोगको तयारी
काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने लक्ष्य लिएको छ। यसपटक प्रतिनिधि सभाको मात्रै निर्वाचन भएकाले मतगणना प्रक्रिया छिटो र प्रभावकारी रूपमा अघि बढ्ने आयोगको विश्वास छ।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपेटिका संकलनदेखि गणनासम्मको सम्पूर्ण प्रक्रिया...

