शनिबार, बैशाख ५,२०८३ 10:41:33
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:41:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इरानी नौसैनिक जहाज श्रीलंका नजिक डुब्दै, उद्धार कार्य जारी

Bizshala
इरानी नौसैनिक जहाज श्रीलंका नजिक डुब्दै, उद्धार कार्य जारी
Shivam Cement

काठमाण्डौ । श्रीलंका नजिक हिन्द महासागर क्षेत्रमा एक इरानी नौसैनिक जहाज डुब्न थालेपछि त्यहाँको नौसेना र वायुसेनालाई उद्धार कार्यका लागि परिचालन गरिएको छ।

श्रीलंकाका विदेश मन्त्री विजिता हेराथले संसदमा जानकारी दिँदै ‘आईरिस डेना’ नामक जहाजबाट बिहान सबेरै आपतकालीन सन्देश प्राप्त भएको बताएका छन्। उक्त जहाजमा करिब १८० जना नौसैनिक सवार रहेको जनाइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उद्धार कार्यका क्रममा घाइते भएका ३० जना नौसैनिकलाई दक्षिणी सहर गलीस्थित अस्पतालमा भर्ना गरिएको मन्त्री हेराथले जानकारी दिए। अन्य सवारहरूको खोज तथा उद्धार कार्य जारी रहेको बताइएको छ।

CG Motors
Garima Development Bank
IME remit

जहाज डुब्नुको कारण हालसम्म स्पष्ट भएको छैन। संसदमा एक विपक्षी सांसदले यो घटना अमेरिका–इजरायलद्वारा इरानविरुद्ध जारी आक्रमणसँग सम्बन्धित हुन सक्ने आशंका व्यक्त गरेका थिए। तर यसबारे कुनै आधिकारिक पुष्टि भएको छैन।

उक्त घटना इण्डियन ओसियन क्षेत्रमा भएको हो। सम्बन्धित निकायहरूले घटनाको कारणबारे अनुसन्धान सुरु गरेका छन्।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.