काठमाण्डौ । कतारको गृह मन्त्रालयले दोहामा रहेको अमेरिकी दूतावास नजिक बसोवास गर्ने बासिन्दालाई अस्थायी सुरक्षात्मक उपायको रूपमा सुरक्षित स्थानमा सार्न सुरु गरिएको जनाएको छ। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उपयुक्त आवास व्यवस्था गरिसकिएको र यो आवश्यक सुरक्षात्मक कदमको अंश भएको जनाएको छ ।
यो कदम यस साता साउदी अरब, कुवेतका अमेरिकी दूतावास र दुबईको अमेरिकी कन्सुलेटमा ड्रोन आक्रमणपछि उठाइएको हो।
यसै साता, अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई मध्यपूर्वबाट तत्कालै बाहिरिनु पर्ने चेतावनी जारी गरेको छ। धेरै उडानहरू रद्द वा निलम्बित भएका कारण अमेरिकी सरकारले चार्टर उडानमार्फत नागरिकहरूलाई निकाल्न र अन्यत्र रहेका नागरिकलाई व्यावसायिक उडान बुक गर्न सहयोग गर्दै आएको छ।
एक अमेरिकी सरकारी अधिकारीका अनुसार, फेब्रुअरी २८ देखि अहिलेसम्म करिब १७ हजार ५०० अमेरिकी नागरिक मध्यपूर्वबाट फर्किसकेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।