काठमाण्डौ । भारतीय कम्पनी अडानी टोटल ग्यासले ग्यास आपूर्तिको मूल्य बढाएको छ। मध्यपूर्वमा भएको युद्धका कारण यो कदम उठाइएको जनाइएको छ। यसका कारण भारतमा ग्यासको उपलब्धता घटेको छ। यसलाई आधार बनाएर कम्पनीले औद्योगिक ग्राहकहरूलाई आपूर्तिको मूल्यमा तीव्र वृद्धिको सूचना दिएको छ।
समाचार एजेन्सी रॉयटर्सले यो जानकारी दिएको छ। रिपोर्टमा ग्राहक सूचना पनि उल्लेख गरिएको छ। अडानी टोटल सीएनजी (कम्प्रेस्ड नेचुरल ग्यास), पीएनजी (पाइपलाइन नेचुरल ग्यास), एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) आदि बिक्री गर्छ। अडानी टोटल ग्यासको कदमले भारतमा ऊर्जा मूल्यमा असर पार्ने सम्भावना छ।
अडानी टोटल ग्यास अडानी समूह र फ्रान्सको दिग्गज तेल कम्पनी टोटल एनर्जिज एसई को ज्याइन्ट भेन्चर हो ।
ग्यास आपूर्तिको मूल्य बढ्नुको कारणको रुपमा इरानमाथि गरिएको स्ट्राइक र तेहरानको प्रतिकारका कारण इरान र ओमानको बीच होर्मुज स्ट्रेटबाट ट्रान्जिट कठिन उत्पन्न हुनु हो । यस क्षेत्रका केही जहाजमा हमला भएपछि ग्यासको आपूर्ति लगभग रोकिएको छ।
अडानी टोटल ग्यासले हालैको भू–राजनीतिक विकासका कारण एलएनजी आपूर्ति मार्गमा असर परेको उल्लेख गरेको छ। अडानी टोटल ग्यासलाई अपस्ट्रीम ग्यासमा कटौतीको सामना गर्नुपरेको छ। यसले सञ्चालनमा कठिनाइ ल्याएको छ।
सूचनामा मंगलबारदेखि दैनिक सम्झौताको ४० प्रतिशत भन्दा बढी ग्यास प्रयोग हुने ग्यासको मूल्य बढाएर ११९ भारु (१.३० डलर) प्रति स्ट्यान्डर्ड क्युबिक मीटरमा बढाइएको छ।
पहिले मूल्य करिब ४० भारु प्रति स्ट्यान्डर्ड क्युबिक मीटर थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।