बिहीबार, असार ११,२०८३ 12:10:31
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:10:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !

Laxmi Sunrise Bank Limited
रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदहरू हिजो(आइतबार)देखि रिक्त भएको छ । डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै आज(सोमबार) केन्द्रीय बैंकले उनीहरुको औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्दैछ।  

२०७७ फागुनमा नियुक्त भएका यी दुवै डेपुटी गभर्नरहरूले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गभर्नर पद प्राप्त गर्न भने सकेनन्। अब दुवै पद खाली भएसँगै नयाँ नियुक्तिको चर्चा र खेल पनि तीव्र बनेको छ। 

New Office
CG Motors
Garima Development Bank

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १६ बमोजिम गभर्नरले बैंकका कार्यकारी निर्देशकहरू (विशिष्ट श्रेणी)मध्येबाट कार्यक्षमता र योग्यताका आधारमा नाम सिफारिस गर्नुपर्ने हुन्छ। त्यसपछि मन्त्रिपरिषद्ले अन्तिम नियुक्ति गर्ने व्यवस्था छ।

हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशकहरू कार्यरत छन्, जसमा नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, बिश्रुत पौडेल, दयाराम शर्मा, गुरु प्रसाद पौडेल, किरण पण्डित, डा। सत्येन्द्र तिम्सिना, चेत प्रसाद उप्रेती, रोसन कुमार सिग्देल, डा। रामशरण खरेल, डा। दिल्लीराम पोखरेल, दिर्घ बहादुर रावल, निश्चल अधिकारी, दिपकराज लामिछाने, राजन विक्रम थापा, राजेन्द्र भट्टराई लगायतका नामहरू प्रमुख दाबेदारका रूपमा हेरिएका छन्।

यसबीच, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत प्राप्त गरी एकल सरकार गठन गर्ने म्यान्डेट पाएको छ। यसले राष्ट्र बैंकको नेतृत्व छनोट प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।  

यसअघिका प्रभावशाली तथा वरिष्ठ कार्यकारी निर्देशकहरू डेपुटी गभर्नरको रेशमा पछि पर्नसक्ने र अपेक्षाकृत कनिष्ठ तर योग्य व्यक्तिहरूको आकस्मिक उदय हुने सम्भावना पनि उत्तिकै छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रास्वपाको सरकार गठनपछि अर्थ मन्त्रालयको जिम्मेवारी डा. स्वर्णिम वाग्लेले सम्हाल्ने लगभग निश्चित जस्तै देखिएको छ। उनी अर्थमन्त्री बन्नासाथ राष्ट्र बैंकका वर्तमान गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले राजीनामा दिने चर्चा पनि चलिरहेको छ। डा. वाग्लेसँग गभर्नर विश्व पौडेलको राम्रो सम्बन्ध छैन । डा. पौडेल नेपाली राजनीतिमा भ्रष्ट छवि बनाएकी आरजू देउवाको विशेष निगाहामा गभर्नर बनेका पात्र हुन् । पढेलेखेका राम्रो अर्थशास्त्री भए पनि उनले सुरुवातदेखि नै कांग्रेसमा भ्रष्टहरुलाई साथ दिंदै आएका छन् । उनको नियुक्ति हुनेबेलामा संसदमा बोल्दै डा. स्वर्णिम वाग्लेले गभर्नरको रुपमा रबर स्टयाम्पलाई ल्याउन खोजिएको भन्दै आलोचना गरेका थिए ।  

यी घटनाक्रम र पृष्ठभूमिका कारण समेत डा. वाग्लेको नीतिमा साथ दिएर डा. पौडेल गभर्नरको रुपमा बसिरहने न्यून सम्भावना छ । डा. पौडेलले चुनावी परिणाम आउनुअघि नै केही आफू निकटस्थहरुसँग डा. वाग्ले अर्थमन्त्री बन्ने अवस्था भए आफूले पद छाड्ने बताइसकेका स्रोतहरु दाबी गर्छन् । यसर्थ गभर्नरबाट डा. पौडेलले राजीनामा दिएमा रास्वपा नेतृत्वको बहुमत सरकारले गभर्नर नियुक्ति पहिला गर्ने र त्यसपछि मात्र डेपुटी गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउने सम्भावना पनि उत्तिकै छ ।  

यी सबै घटनाक्रमले डेपुटी गभर्नर नियुक्तिको प्रक्रियालाई थप जटिल र रोचक बनाएको छ।

नयाँ राजनीतिक परिदृश्यमा गभर्नरको सिफारिस र मन्त्रिपरिषद्को निर्णयले बैंकको भविष्यका नीतिहरूमा पनि फरक पार्ने अपेक्षा गरिएको छ। नियुक्ति प्रक्रिया अब छिट्टै अघि बढ्ने र यसले बैंकिङ क्षेत्रमा नयाँ ऊर्जा भर्नसक्ने विश्लेषकहरूको भनाइ छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.