बिहीबार, असार ११,२०८३ 03:51:29
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:51:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण, संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
नाडाका नवनिर्वाचित अध्यक्ष उप्रेतीले गरे पदभार ग्रहण, संस्थालाई अझ सशक्त बनाउने प्रतिबद्धता

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पदभार ग्रहण गरेका छन् ।  

नाडाको केन्द्रीय कार्यसमितिको आज बसेको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गरेका छन् ।  

सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उनको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।  

 

 

New Office
CG Motors
Garima Development Bank

यसै अवसरमा नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । 

उनले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गरे ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै उक्त बैठककै क्रममा नाडाका नवनिर्वाचित अध्यक्षले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम महेश पाल, दीपककुमार अग्रवाल तथा राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन् । उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे ।

साथै, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ । आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास गरे ।    

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.