नाडाको साधारण सभा पुसमा, महासंघमा जाने प्रस्ताव पारित गरिने
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को वार्षिक साधारण सभा पुस ९ गते आयोजना हुने भएको छ । नाडाका ४९ औं वार्षिक साधारण सभा ललिपुरमा रहे को दि प्लाजामा आयोजना हुनेछ ।
TRENDING
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को वार्षिक साधारण सभा पुस ९ गते आयोजना हुने भएको छ । नाडाका ४९ औं वार्षिक साधारण सभा ललिपुरमा रहे को दि प्लाजामा आयोजना हुनेछ ।
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रसँग प्रत्यक्ष सम्बन्धित समस्या र समाधानबारे विस्तृत छलफल गरेको छ । यस भेटघाटमा मन्त्रालयका सचिव कृष्णप्रसाद राउत, उद्योग सचिव डा. रामप्रसाद घिमिरे तथा नाडाका पदाधिकारी...
काठमाण्डौ । हालै जेनजी आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाजलाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले स्वागत गरेको छ । यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्र्जीवित गर्न...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले प्रधानमन्त्री शुशिला कार्कीसँग भेट गरी देशको बर्तमान जटील अवस्था र त्यसले अटोमोवाइल व्यवसायमा परेका प्रभावहरुका सम्बन्धमा छलफल गरेको छ । अर्थमन्त्री रामेश्वर खनाल,माननीय उर्जा जलश्रोत, तथा सिंचाइमन्त्री कुलमान घिसिङ, माननीय गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले अर्थमन्त्री रामेश्वर खनालसंग भेट गरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसँंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको सुरक्षा र देशको शान्ति र अमन चयन सवैभन्दा महत्वपूर्ण विषय भएको बताउदै व्यवसायीहरुको उत्थानका...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल(नाडा)ले अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन आवश्यक सहयोग र सहजीकरण गर्न पनि सरकारलाई आह्वान गरेको छ । नाडाले हालै देशव्यापी रुपमा भएको आन्दोलन तथा प्रदर्शनको बारेमा आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले बोलाएको विशेष साधारणसभा तत्कालका लागि स्थगित भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसअघि घोषित विशेष साधारणसभा हाललाई स्थगित भएको जानकारी दिएका हुन् ।
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) हालै विभिन्न सञ्चारमाध्यममा नाडाका सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । यी सबै दाबीहरू तथ्यविहीन र निराधार भएको नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानून, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा)को महासंघमा रुपान्तरण हुने योजना तत्कालका लागि टरेको छ । महासंघमा रुपान्तरण हुुने मुख्य प्रस्तावसहित नाडाले डाकेको विशेष साधारण सभा निर्धारित समयमा नहुने भएसँगै उक्त योजना पछि धकेलिएको हो ।नाडाको भदौ ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही भदौ २४ गते मंगलबारका दिन ललितुरमा रहेको द प्लाजा झम्सिखेलमा बिहान ११...
काठमाण्डौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल अब महासंघमा रुपान्तरण हुने भएको छ । भदौ ८ गते बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । डेढ दशक लामो प्रतिक्षापछि नाडालाई विद्यानतः महासंघमा लैजाने निर्णय गरिएको नाडाले जनाएको छ ।
काठमाण्डौ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले केही दिनपछि सुरु हुन लागेको नाडा अटो शोका लागि बहुचर्चित डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं ल्याएको छ ।
काठमाण्डौ । नेपाल सरकारले २०८२ असार १० गतेदेखि लागू गरेको युरो ६ सवारी प्रदूषण मापदण्ड कार्यान्वयनमा प्रभाव पार्ने खेला प्रवृत्ति देखा परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले गम्भीर आपत्ति जनाएको छ।मञ्चले अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) लाई पत्र लेख्दै केही व्यवसायीहरूले मिति परिवर्तन गरी युरो ६ भन्दा तलका सवारीसाधन...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)ले नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौदिक नीतिले अटो व्यवसायीको कुनैपनि माग सम्बोधन नगरेको बताएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै मौद्रिक नीतिको सम्बन्धमा नाडाको गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा मौद्रिक नीति अटोमोवाइल व्यवसायीहरुको अपेक्षा गरेको भन्दा धेरै टाढा रहेको उल्लेख छ । ‘सो मोद्रीक...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिमा संयमित रहन आग्रह गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो । विज्ञप्तीमा भनिएको छ,‘रसुवामा आएको बाढीले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुखव्यापारिक नाका—केरुङ ररसुवागढी—मार्फत हुने अटोमोबाइलआयात प्रणालीमा गहिरो असर...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा असार १७ गते गएको एक प्रतिनिधी मण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने १७ औं संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रुपमा उद्घाटन गरी दिन औपचारिक रुपमा आग्रह गरेको छ ।
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (सीएसीएस २०२५) मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे ।नाडाका अध्यक्ष करण...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले आगामी आवको बजेट अटोमोबाइलमैत्री भएको जनाएको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२÷०८३ को बजेट अटोमोवाइलमैत्री आएको जनाएको हो । नाडाले नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील एवं चलायमान बनाउन नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विभिन्न मितिमा नेपाल सरकारको मन्त्रालय...
काठमाण्डौ । आज जेठ ९ गते नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलसँग भेटगरी नेपालको मौद्रिक नीतिसँग सम्बन्धित अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटमा अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा वैशाख २४ र २५ गते व्यवसायजन्य सुरक्षा र स्वास्थ्यसम्बन्धी दुईदिने तालिम कार्यक्रम ललितपुरमा सफलतापूर्वक सम्पन्न गरेको छ । सो तालिमले अटोमोबाइल वर्कशपहरुमा सुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । विभिन्न प्राविधिक...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ९नाडा० ले नयाँ गठन भएको नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन९नाईमा०सँगको सम्बन्धका बारेमा भ्रममा नपर्न आग्रह गरेको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै नाईमाको स्थापनासँग सम्बन्धित छलफल तथा समाचारहरूबाट नाडाको भूमिकालाई लिएर केही भ्रमहरू उत्पन्न भएको तर त्यसमा कुनै सत्यता नभएको जनाएको छ ।...
काठमाण्डौ । चैत्र ११ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले भारतिय मालवाहक साधनहरुको नेपालमा निर्वाध प्रवेशले नेपालका मालवाहक साधनहरुको व्यवसायमा ठूलो असर परिरहेको...
काठमाण्डौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) र भन्सार विभागबीच आगामी बजेटबारे छलफल भएको छ । चैत्र ६ गते बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका साथ सो सम्मेलन हिजोदेखि प्रारभ्म भएको हो ।उक्त अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह...
नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आगामी भदौ भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गरिने भएको छ । काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही फागुन २७ गतेदेखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आयोजनाका विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग फागुन १८ गते सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको हो । सो मन्त्रालयले यही फागुन...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशनअफ नेपाल(नाडा)ले विद्युतीय सवारी साधनको विषयमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा भएको व्यवस्थाप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा व्यक्तिगत सवारी साधन र सवै प्रकारका विद्युतिय सवारी साधनहरुको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने...
काठमाण्डौ । आगामी चैत्र १४ देखि १७ सम्म पोखराको प्रदर्शनी केन्द्रमा नाडा प्रिजेण्टस् वाडा अटो शो २०२५ आयोजना हुने भएको छ । यसका लागि वाडाले आजदेखि बुकिङ्ग खुल्ला गरेको छ । गत पुस २० गते काठमाण्डौमा नाडाले आफ्नो संस्थागत (प्रदेश) सदस्यपश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का पदाधिकारी तथा सदस्यहरु बिच पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्ने सम्बन्धमा...
काठमाण्डौ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो । सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट...
काठमाण्डौ । नेपालको अटोमोवाइल क्षेत्रलाई बलियो बनाउन एनएभिटी र एनएडिएविच सहमती भएको छ । माघ २२ गते काठमाण्डौमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभिटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडिए) का प्रतिनिधिहरुबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा...
काठमाण्डौ । माघ २० गते काठमाण्डौमा नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक...
काठमाण्डौ । नाडाद्वारा प्रस्तुत सुझावहरुलाई मनन गरि दिन नाडाले सरकारलाई आग्रह गरेको छ । नाडाले अर्थमन्त्रालयलाई २२ बुँदे सुझावहरु दिएको छ । नाडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एजेन्सी संशोधन र एकिकरणका सम्बन्धमा पनि ४ बुँदे सुझावहरु दिएको छ । यस्तै नाडाले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसँग सम्बन्धित ६ बुंदे सुझावहरु समेत दिएको छ । नाडाका यी सुझाव सम्बोधन...
काठमाण्डौ । यही जनवरी २० मा भारतको राजधानी नयाँदिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोवाइल म्यानुफ्याक्चर्स(यसआईएयम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११ औं अटो ट्रेड डायलग सम्पन्न भएको छ । सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानियकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव सम्बन्धी प्यानल छलफलमा पेनेलिष्टका रुपमा ओभर भ्यु अफ नेपाल अटो पोलिसिजका...
काठमाण्डौ । भारतको नयाँदिल्लीमा नेपाल–भारत व्यापार संझौताको विषयमा छलफल भएको छ । यही २०२५ को जनवरी १८ मा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको नाडा प्रतिनिधी मण्डलले भारतको राजधानी नयाँ दिल्लीमाभारत सरकार, वाणिज्य विभागका सहसचिव विमल आनन्द र इन्जिनियरिङ एक्सपोर्ट प्रमोशन काउन्सिल अफ इण्डीयाका (इइपिसी) राष्ट्रिय अध्यक्ष पंकज चड्डासँग नेपाल र भारतको व्यापार...
काठमाण्डौ । नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।पुस २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स...
काठमाण्डौ । जगतपुर, चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो ।सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडी बढाउने,...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (CCPIT–Auto ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता(एमओयू)मा हस्ताक्षर गरेका छन् ।यो सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि...
काठमाण्डौ । नाडा अटो शो २०२४ को सन्दर्भमा नाडा र इकोनोमिक मिडिया एसोसिएशन नेपाल(इमान)को संयुक्त पहलमा मौद्रिक नीतिको कार्यदिशा, कर्जा विस्तार र अटो व्यवसायकका विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना भएको छ । भदौ १६ गते आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा भुकुटीमण्डप परिसरमा नाडा अटो शो २०२४ को सन्दर्भमा उक्त कार्यक्रम...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।यसै क्रममा सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम)का सह–सभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको...
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधीमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखा परेका विभिन्न समस्याहरु बारे संक्षिप्त रुपमा चर्चा गर्दे सरकारका बिभिन्न कार्यविधिहरुको कारण अटोमोवाइल व्यवसायीहरु आफनो व्यवसाय सञ्चालन गर्न...
काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल(नाडा)ले नेपाल राष्ट्र बैंक समक्ष विद्यमान अटोमोवाइल क्षेत्रका समस्याहरुलाई आगामी मौद्रिक नीतिमा समेट्ने गरी ७ बुँदे सुझाब प्रस्तुत गरेको छ । अटोमोवाइल क्षेत्र नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने क्षेत्र भएकाले आगामी मौद्रिक नीतिमा अटो सेक्टरमैत्री नीतिको व्यवस्था हुनुपर्ने नाडाले जनाएको छ । अटोमोवाइल...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल९नाडा०ले भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलासँग भेट गरेको छ । जेठ २४ गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक निरौलासँग भेटगरी भन्सार मूल्याङ्कनका सम्बन्धमा परिरहेको समस्याहरुका विषयमा छलफल गरेको हो । सो छलफलमा चौधरीले वर्तमान बजेटमा सवारी साधनहरुमा मुल्य...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको छ । जेठ २४ गते गते नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले गर्भनर महाप्रसाद अधिकारीसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत छलफल गरेको हो । उक्त छलफलमा अध्यक्ष...
काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपालले सरकारले आगामी आर्थिक वर्षको बजेटमा ईभी गाडीमा लगाएको कर र पेट्रोल र डिजेल गाडीको सडक कर बढाएकोप्रति असन्तुष्टि जाहेर गरेको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै बजेटमा अटो क्षेत्रका लागि गरिएको व्यवस्थाको बारेमा आफ्नो धारणा व्यक्त गरेको हो । नाडाले धेरै समय अघिदेखि विद्युतिय सवारी साधनहरुका सम्बन्धमा विभिन्न नीतिगत...
काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो । ‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम...
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल...
काठमाण्डौ । सरकारले विकास र समृद्धिमा निजी क्षेत्रलाई सँगसँगै लैजाने गरी आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीति ल्याउने भएको छ । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)सँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारको नीति तथा...
काठमाण्डौ । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा वरिष्ठ उपाध्यक्ष गोल्छाले नेपालमा दुई पाँगे्र सवारी साधनहरुको एसेम्बलिङ्ग उद्योगहरु खुल्दै गएको र चार पाँग्रे एसेम्बलिङ्ग उद्योगहरु पनि खुल्ने क्रममा रहेको तर...
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालको एक टोलीले उपप्रधान तथा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई भेट गरी २६ बुँदे मागहरु प्रस्तुत गरेको छ । अध्यक्ष करण चौधरीको नेतृत्वमा चैत १ गते गएको एक प्रतिनिधि मण्डलले मन्त्री महासेठलाई भटेर सो मन्त्रालयसँग सम्बन्धित २६ बुँदे मागपत्र बुझाएको हो ।
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवाल सँग भेट गरी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले सरकारले गत फागुन २५ गते को राजपत्रमा प्रकाशित एजेन्सी दर्ता, दस्तूर र धरौटीका सम्बन्धमा विस्तृत रुपमा छलफल गरेको छ । सो छलफलमा अध्यक्ष...
काठमाण्डौ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले उद्योगपति अरुण चौधरीको पक्राउको भत्सर्ना गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशकलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो ।
काठमाण्डौ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चारपांग्रे सवारी साधनको एसेम्बलिङ्गउद्योग स्थापना गर्ने सम्बन्धमा छलफल गरेको छ ।
काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल(नाडा) ले भारतीय मालवाहक साधनलाई २४ घण्टाका लागी मात्रै नेपालमा प्रवेशको अनुमित दिन आग्रह गरेको छ । नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटका क्रममा यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । अटोमोवाईल्स एशोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधी मण्डलले नेपालको अटोमोवाइल क्षेत्रमा देखा परेका समस्याहरुका सम्बन्धमा अर्थमन्त्री प्रकाशशरण महतसंग छलफल गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न नीतिगत विषयहरुमा छलफल भएको उक्त भेटवार्ता कार्यक्रम माघ १५ गते भएको हो ।
काठमाण्डौ । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडां) र एशियाली विकास बैंकका पदाधिकारीहरु विच विभिन्न विषयहरुमा विस्तृत छलफल भएको छ । उक्त छलफल नाडाको सचिवाल टेकुमा आज सम्पन्न भएको हो ।
काठमाण्डौ । नाडा अटोमोवाइल एशोसिएसन अफ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सँग भेटेर अटोलोन र आयर पर्चेज कर्जामा लचक नीति ल्याउन आग्रह गरेको छ । नाडाका नवनिर्वाचित अध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसायको क्षेत्रमा देखापरेका विभिन्न समस्याहरुबारे संक्षिप्त रुपमा चर्चा गर्दै अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.