बिहीबार, असार ११,२०८३ 03:46:57
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:46:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा र भारतका अटो उत्पादकहरुद्वारा अर्थसहित विभिन्न मन्त्रीहरुसँग भेटवार्ता

Laxmi Sunrise Bank Limited
नाडा र भारतका अटो उत्पादकहरुद्वारा अर्थसहित विभिन्न मन्त्रीहरुसँग भेटवार्ता

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा) वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उप–प्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

यसै क्रममा सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्स (सियाम)का सह–सभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाण्डौमा आइपुगेको सियामका २५ सदस्यीय प्रतिनिधि मण्डलले उप–प्रधान तथा अर्थमन्त्रीसँग भेटगरी नेपाल र भारतबीच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल गरेको थियो ।

New Office
CG Motors
Garima Development Bank

नाडा र सियामको सो संयुक्त प्रतिनिधि मण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र उद्योग,वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा छलफल गरेको थियो।

सो प्रतिनिधिमण्डलमा धेरै जसो ठुला ठुला पाटपूर्जा उत्पादकहरुको उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममाप्रतिनिधिमण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमाभइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमती पनि गरेको थियो ।

उक्त छलफलमा सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउने विश्वास गरिएको छ । ।नेपालमा सवारी साधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।  

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको South Asian Automotive Forum(SAAF), लाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.