शनिबार, कार्तिक ७,२०८३ 04:42:49
  • शनिबार, कार्तिक ७,२०८३ 04:42:49
Global IME Bank Limited

नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने

Bizshala
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच सहकार्य हुने
New Office

काठमाण्डौ । असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ ।

सो छलफलका क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाविच क्रिएटिभ र दिर्घकालिन उद्धेश्यका विषयहरुमा सहकार्यगरी अघि बढ्नु पर्ने बताए । सोही क्रममा उनले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाण्डौं शहरभित्र चल्ने गरेको गुनासो गर्नु हुँदै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाए । यसै क्रममा उनले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भन्दै नाडाले एआइए प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यसै क्रममा उनले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तीले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिव एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनु पर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो छलफलको क्रममा नाडाका अध्यक्ष उपे्रतीले सो कार्यालयसँग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गर्नु भयो। सोही छलफलको क्रममा उनले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गरे । 

यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सो छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले सो कार्यालयसँग पहिले देखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्य गरी अघि बढ्न चाहेको बताउनु भयो। सो छलफलमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष विक्रम सिंहानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा व्यक्त गरे । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.