बिहीबार, असार ११,२०८३ 03:51:37
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:51:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अटो व्यवसायीसँग अर्थमन्त्रीले भने- 'कर घटाउँदैछौं, निजी क्षेत्रमैत्री नीति र बजेट आउँछ'

Laxmi Sunrise Bank Limited
अटो व्यवसायीसँग अर्थमन्त्रीले भने- 'कर घटाउँदैछौं, निजी क्षेत्रमैत्री नीति र बजेट आउँछ'

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले अटोमोवाइल क्षेत्रका समस्या, सम्भावना र नीतिगत सुधारका विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग विस्तृत छलफल गरेको छ। 

आइतबार भएको भेटमा नाडाले ३६ बुँदे लिखित सुझावसमेत पेश गर्दै उद्योगमैत्री नीति ल्याउन आग्रह गरेको छ।

New Office
CG Motors
Garima Development Bank

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था प्रस्तुत गर्दै सरकारले उपयुक्त नीतिगत सुधार ल्याए राजश्व वृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने धारणा राखेको थियो।

छलफलका क्रममा अर्थमन्त्री वाग्लेले सरकार राजश्व संकलन बढाउने उपायबारे अध्ययनरत रहेको जानकारी दिँदै करको दर घटाएर राजश्व वृद्धि गर्ने रणनीतिमा सरकार अघि बढ्न चाहेको बताए। उनले राजश्वको दायरा विस्तार गर्दै निजी क्षेत्रमैत्री नीति ल्याइने आश्वासन पनि दिए।

मन्त्री वाग्लेले अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी र आगामी बजेट तयारीका सन्दर्भमा नाडासँग पुनः छलफल गरिने उल्लेख गरे।

छलफलमा अध्यक्ष उप्रेतीले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको औंल्याए। उनले हाल सि.के.डी. (Completely Knocked Down) प्रणाली तुलनात्मक रूपमा सहज भए पनि स्वदेशी उद्योग सञ्चालनमा कठिनाइ भइरहेको बताए।

नेपालमै टायर, ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट उत्पादन भइरहे पनि गुणस्तर परीक्षण गर्ने पर्याप्त उपकरण सरकारसँग नहुँदा व्यवसायी समस्यामा परेको उनले बताए। उत्पादन प्रवर्द्धनका लागि आवश्यक वातावरण तयार गर्न सरकारसँग उनले आग्रह गरे।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको उल्लेख गरे।

त्यस्तै, विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीतिको अभाव रहेको भन्दै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक रहेको बताए।

उनले भारतमा जीएसटी घटेपछि सीमा क्षेत्रमा चोरी निकासी बढेको भन्दै त्यसतर्फ कडाइ गर्न पनि सरकारलाई सुझाव दिए।

नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली अटोमोवाइल उद्योगलाई प्रत्यक्ष प्रोत्साहन आवश्यक रहेको बताए। छलफलमा उपाध्यक्ष अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.