बुधबार, माघ ९,२०८१ 12:43:28
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:43:28
IME remit
Global IME Bank Limited

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । जगतपुर, चितवनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोवाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंसिर २१ गते नाडाका प्रदेश उपाध्यक्ष तेजनारायण साहको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो ।

सो कार्यक्रममा प्रदेशहरुको संरचनालाई कसरी अगाडी बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा, खुल्ला वोर्डरले पारेको समस्याहरुको  सम्बन्धमा,व्यवसायीहरुको पुरानोस्टकको

समस्या,नाडाको इतिहासको सम्बन्धमा,नाडाको सदस्यता लिदा प्रदेशबाट अनिवार्य स्वीकृती लिनुपर्ने,नाडामा उठेको

रकमबाट प्रदेशलाई सहयोग गर्ने सम्बन्धमा,सवारी साधन आयातकर्ता र डिलरहरुबीचको समस्याका सम्बन्धमा,हालको आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्टसहरुको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्याङ्कनले पारेका समस्याहरुका सम्बन्धमा र चितवन अटोमोवाइल डिलर्स एशोसिएशले (काडा) आयोजना गरेको अटो एक्सपोको जानकारीका सम्बन्धमा लगायत १४ वटा विषयहरुमा क्रमबद्ध

रुपमा छलफल गरिएको थियो । कार्यक्रमको अन्त्यमा नाडाका निबर्तमान अध्यक्ष डा.धु्रव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए ।

Bizshala
CG Motors
Sagarmatha Cement

सो कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष करण चौधरी,निवर्तमान अध्यक्ष डा.धु्रव थापा,महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, मेघराज पौडेल,निलमणी पाठक,दिपेन्द्र कुमार मिश्रा,तोयानाथ खनाल,नारायण प्रसाद पौडेल,केदार अग्रवाल,नाडाको संस्थागत

सदस्य तथा चितवन अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष कुलवहादुर क्षेत्री, नाडाका सस्थागत सदस्य तथा मोरङ्ग अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Muktinath Bikas Bank Limited

त्यसैगरी, चितवन अटोमोवाइल्स एशोसिएशनका तर्फबाट कृष्णप्रसाद भण्डारी, अमृत जोशी, रामशरण भट्टराई, जोगेन्द्रप्रधान,मोहन केशी,बालमुकुण्द तिवारी,विवज्ञपिया,महेन्द्र वाग्ले,देविप्रसाद बराल,बालकृष्ण कंडेल,ज्ञानुप्रसाद न्यौपान,ेराजेन्द्र भट्टराई,चिरन्जिवी अवाल,अविनाश श्रेष्ठ,किरण सापकोटा,बसन्त देवकोटा,शिवराज गिरी,कृष्णकुमार तिवारी समेतका उपस्थिति रहेको थियो । त्यसैगरी, हेटौडा अटोमोवाइल्स एशोसिएशनका तर्फबाट अध्यक्ष ऋषि ढकाल,सागर सापकोटा र दिपेन्द्र उपे्रतीको उपस्थिति रहेको थियो । त्यस्तै, चितवन अटोमोवाइल डिलर्स एशोसिएशन (काडा) का अध्यक्ष राजन पिया, इश्वरकुमार श्रेष्ठ, कमलनाथ अधिकारी समेत कूल ३९ जनाको उपस्थिति रहेको थियो ।  

उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम संञ्चालन केन्द्रीय कार्यसमिति सदस्य अनुप बरालले गरेका थिए । यस किसिमका कार्यक्रहरुले नाडा र नाडा प्रदेश एशोसिएशनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.