बिहीबार, असार ११,२०८३ 03:55:24
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:55:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा अटो शोका लागि आइपुग्यो फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स

Laxmi Sunrise Bank Limited
नाडा अटो शोका लागि आइपुग्यो फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स

काठमाण्डौ । तातोपानी क्षेत्रमा देखिएका प्राकृतिक विपद र अनपेक्षित चुनौतीहरूलाई पार गर्दै, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले केही दिनपछि सुरु हुन लागेको नाडा अटो शोका लागि बहुचर्चित डिपाल eVTOL फ्लाइङ ट्याक्सी र अत्याधुनिक युनिट्री रोबोट्स सुरक्षित रूपमा काठमाडौं ल्याएको छ । 

New Office
CG Motors
Garima Development Bank

नाडाले विषम परिस्थितिमा पनि अटो शोको विशेष आकर्षण बन्न लागेका उड्ने ट्याक्सी र रोबोट्स सुरक्षित काठमाण्डौ ल्याइएको विषयलाई गर्वको क्षण समेत भनेको छ ।  

यी अति उच्च प्रविधिहरू पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनको लागि तयार छन् र यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्नेछन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाडाले एक विज्ञप्ति जारी गर्दै भनेको छः १७औं संस्करणको नाडा अटो शो केवल एउटा प्रदर्शनी मात्र होइन, यो हाम्रो देशको दृढता, नवीनता र भविष्यप्रतिको दृष्टिकोणको जीवन्त प्रमाण हो। यसले नेपालमा प्रविधिको नयाँ सम्भावनालाई उद्घाटन गर्नेछ ।  

नाडा अटो शोको १७ औं संस्करण यही भदौ ३ गतेदेखि ८ गतेसम्म (१९–२४ अगस्ट २०२५) काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदैछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.