बिहीबार, बैशाख ३१,२०८३ 11:11:29
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:11:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडा र भन्सार विभागबीच आगामी बजेटबारे छलफल

Laxmi Sunrise Bank Limited
नाडा र भन्सार विभागबीच आगामी बजेटबारे छलफल
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) र भन्सार विभागबीच आगामी बजेटबारे छलफल भएको छ ।  

चैत्र ६ गते बुधबार नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेट गरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको हो ।

Bizshala
New Office
CG Motors

उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू पेश गरेका छन् । सो भेटघाट तथा छलफलमा महासचिव उप्रेतीले नाडाले स्वच्छ व्यवसायका लागि वातावरण तयार गर्न सरकारलाई सुझाव दिँदै आएको उल्लेख गरे ।

Garima Development Bank
Shivam Cement
IME remit

सोही क्रममा महानिर्देशक भट्टराईले व्यवसायीहरूले स्वच्छ व्यवसायलाई आत्मसात गर्नुपर्ने बताए । सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया,कोषाध्यक्ष मिलनबाबु मल्ल,लुब्रिकेन्टस् समितिका उप–सभापति दिपक कुमार, सदस्य अमरज्योति रन्जितकर र अंकुर खनाल समेतको उपस्थिति रहेको थियो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.