बिहीबार, बैशाख ३१,२०८३ 11:11:36
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:11:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । फागुन २ गते बुटवल रुपन्देहीमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र नाडाका संस्थागत (प्रादेशिक) एशोसिएशनका अध्यक्षहरुबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा बृहत छलफल भएको थियो ।  

सो कार्यक्रममा संस्थागत एशोसिएशनहरुबाट उपस्थित भएका पदाधिकारी तथा सदस्यहरुले विभिन्न प्रश्नहरु गर्दै त्यसको समाधानका लागि समेत आग्रह गरेका थिए । यसै क्रममा पदाधिकारी तथा सदस्यहरुले कर तिर्ने व्यवसायीहरुले सरकारी तहबाट यथोचित सम्मान पाउन नसकेको, सीमापारीबाट सामानहरुसँगै अटोमोवाइल प्राविधिज्ञहरु समेत आउने गरेको र यसले साना व्यवसायीहरुलाई नकारात्मक प्रभाव पार्ने गरेको,बैंकहरुले ऋण दिने भने पनि व्यवसायीहरुले ऋण लिन सक्ने अवस्था नरहेको, प्रदेश यातायात व्यवस्था कार्यालयहरुमा पनि लाइसेन्स वितरणको समस्या यथावत नै रहेको, देशको राजश्व र रोजगारीको क्षेत्रमा अटोमोवाइल क्षेत्रको ठूलो लगानी भएपनि सो अनुरुप सरकारको दृष्ट्रिकोण सकारात्मक नभएको, बजार अनुगमनको नाममा अझै जरीवाना तिर्नुपर्ने अवस्था विद्यमान नै रहेको, आर्थिक मन्दीको कारण व्यवसायीहरुलाई आफनो व्यवसायमा टिकीरहन कठीन हुदै गएको, नाडाको दोहोरो सदस्यताले समस्या उत्पन्न हुने गरेको, मूल्याङ्गनका सम्बन्धमा भन्सार कार्यालयहरुमा हुने गरेको समस्या,  गरेको, ब्राण्ड खुलाएर आयात गर्न पाउने व्यवस्था हुनु पर्ने, खुल्ला सीमाले पारेको समस्या,व्यवसायीहरुको पुरानो स्टकको समस्या,नक्कली अटोमोवाइल पार्टसहरुको आयातले व्यवसायीहरुले भोग्नु परेको समस्या लगायतका विभिन्न विषयहरुमा प्रश्नहरु राखेका थिए ।  

Bizshala
New Office
CG Motors

सो कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले त्यहाँ उठेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए । सो प्रश्नहरुको जवाफ दिने क्रममा अध्यक्ष चौधरीले सरकारले नाडाको आवाज सुन्न थाालेको भन्दै सरकारले हालै अध्यादेश मार्फत ल्याइएको ऐनबाट धेरै हदसम्म मागहरु सम्बोधन भएको जानकारी दिए । सोहि क्रममा अध्यक्ष चौधरीले विभिन्न प्रश्नहरुको जवाफ दिने क्रममा सन्दर्भ मूल्यसूचि समय सापेक्ष बनाउन सरकारलाई निरन्तर रुपमा आग्रह गर्दै आएको र नाडाका विभिन्न मागहरुलाई लिएर प्रधानमन्त्री कार्यालय लगायत सम्बद्ध मन्त्रालय र विभागहरुमा भेटघाट र छलफल समेत गरिएको बताए । यसै क्रममा अध्यक्ष चौधरीले बंगलादेश,भुटान भारत र नेपालबीच हुन लागेको विविआइएन सहमती सम्बन्धी बैठकमा स्वंयम सहभागी भएको र त्यस सहमतीले नेपालको अटोमोवाइल क्षेत्रलाई पार्ने नकारात्मक प्रभावहरुका विषयमा नाडाको तर्फबाट धारणा राखिएको बताउदै हालै भारतको नयाँदिल्लीमा भारत मोविलिटीको सन्दर्भमा नाडा,एक्मा र एयसडिसीबीच भएको सहमतीबारे समेत जानकारी दिएका थिए ।  

सो अन्तरक्रिया कार्यक्रममा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले स्वागत गरेका थिए भने कायक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले गरेका थिए । त्यसैगरी, सो कार्यक्रमको धन्यवाद ज्ञापन नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले गरेका थिए । भर्चुअल विधिमा समेत आयोजना गरिएको सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, संस्थागत सदस्य कृष्णप्रसाद श्रेष्ठ तथा भद्र भण्डारी, केन्द्रीय कार्य समिति सदस्यद्धय नवराज भुषाल, प्रकाशक पुरी, सुनिल रिजाल, निलमणी पाठक मेघराज पौडेल, नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, हेटौडा अटोमोवाइल्स एशोसिएशनका तर्फबाट अध्यक्ष ऋषि ढकाल, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष दिपेन्द्र कोईराला समेतको उपस्थिति रहेको थियो । त्यसैगरी लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका तर्फबाट बरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, उपाध्यक्ष नरेन्द्र ओली, महासचिव राम बेलवासे, सचिव विवेक श्रेष्ठ, कोषाध्यक्ष नारायण पौडेल, सहकोषाध्यक्ष चन्द्रदिप जोशी, सहसचिव तिलकराम पाण्डे सदस्यद्धय दिपक ओली, प्रवेश भट्टराई, रमेश श्रेष्ठ, थिरेन्द्र श्रेष्ठ, दिपक पौडेल, केशव पाण्डे, बालकृष्ण पाण्डे, ओमहरी आचार्य, कमल न्यौपाने,दिनेश अमात्य र साधारण सदस्यप्रकाश भट्टराई र जगदिश भट्ट समेतको उपस्थिति रहेको थियो ।  

त्यस्तै सो कार्यक्रममा हेटौडा अटोमोवाइल्स एशोसिएशनका बरिष्ठ उपाध्यक्ष धर्म धिमाल, महासचिव दिपेन्द्र कुमार उपे्रती र सदस्य विकाश नेपालको उपस्थिति रहेको थियो । त्यसैगरी कर्णाली अटोमोवाइल्स एशोसिएशनका उपाध्यक्ष सै अनवर अली, लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका सल्लाहकार गोपाल प्रसाद पाण्डे, कानूनी परामर्शदाता कृष्णप्रसाद पाण्डे र पे्रश सल्लाहकार स्वस्तिकश्रेष्ठ समेतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा लुम्बिनी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष गणेश भट्टराइले नाडाका अध्यक्ष करण चौधरीलाई मायाँको चिन्हो प्रदान गरेका थिए ।  

यस किसिमका कार्यक्रहरुले नाडा र नाडा संस्थागत (प्रदेश)एशोसिएशनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुदै जाने विश्वास नाडाले लिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.