बिहीबार, बैशाख ३१,२०८३ 11:11:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:11:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नाडा फस्यो अभूतपूर्व संकटमा, नाइमाजस्तै अर्को संगठन जन्मिन लागेको हो ?

अध्यक्ष करण चौधरीको जवाफ: फूटको हल्ला हावादारी, बहसले संस्था परिपक्व बनाउँछ

Laxmi Sunrise Bank Limited
नाडा फस्यो अभूतपूर्व संकटमा, नाइमाजस्तै अर्को संगठन जन्मिन लागेको हो ?
Shivam Cement

काठमाण्डौ । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) फेरि गम्भीर संकट र फूटको दलदलमा फसेको छ।  

आगामी पुस २५ गते हुने नयाँ कार्यसमितिको निर्वाचनमा प्रतिष्ठित व्यवसायी घरानाहरूले उम्मेद्वारी नै दर्ता नगरेपछि अध्यक्षसहित सबै मुख्य पदहरूमा न्यूनतम उम्मेद्वारी मात्र परेको छ।  

नाडाका कुल सदस्यहरूमध्ये आधाभन्दा बढीले सदस्यता नवीकरण नगरेका र राजनीतिक प्रभावको आरोपले संगठनको आधार नै कमजोर बनेको छ।

Bizshala
New Office
CG Motors
करण चौधरीपछि नाडाका चारै उपाध्यक्षले अध्यक्षका लागि उम्मेद्वारी दिएनन् । 

नाडाको कार्यसमितिका ४ उपाध्यक्ष र यसअघि वरिष्ठ उपाध्यक्ष बनाएर स्वतः अध्यक्ष बनाउने वचन दिइएका आकाश गोल्छाले समेत अध्यक्षमा उम्मेद्वारी दिएनन् । जसका कारण कार्यसमितिमा अध्यक्ष करण चौधरीपछि सातौं बरियतामा रहेका महासचिव सुरेन्द्रकुमार उप्रेतीको मात्रै अध्यक्ष पदमा उम्मेद्वारी पर्यो र उनी निर्विरोध अध्यक्ष बन्ने अवस्था देखियो ।  

नाडाका अन्य प्रमुख पदहरुमा समेत प्रतिस्पर्धा हुने अवस्था देखिएन । गत वर्षको तथ्यांकअनुसार २ हजार ५९० सदस्य रहेको ५० वर्ष पुरानो संगठनको अध्यक्षसहित प्रमुख पदहरुमा सहमति भएर होइन, तीव्र असहमतिका कारण बिना प्रतिस्पर्धा वा निर्वाचन निर्वाचित हुने अवस्था बनेपछि अटो व्यवसायीहरुभित्र तीव्र असन्तोष देखिएको छ । कतिपयमा त नाडाभित्र विगत केही महिनादेखि भित्रिएको चरम राजनीतिले संस्थाको भविष्य नै संकटमा पर्ने डर समेत देखिन थालेको छ ।  

यो संकटको जड गत वर्षदेखि नै देखिएको थियो। करण चौधरी अध्यक्ष बन्दै गर्दा नाडाका वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छालाई ल्याई त्यसपछिको कार्यकाल उनलाई दिने सहमति भएको थियो । त्यसका लागि चौधरी नेतृत्वको कार्यसमितिले विधान संसोधनको काम अगाडि बढाउनुपर्ने थियो । तर, त्यसो नगरी चौधरी समूह नाडालाई महासंघ बनाउनतर्फ अग्रसर भएपछि पूर्व सहमतिबाट पछि हटेको रुष्ट गोल्छा समूहले नाडा बहिस्कार गर्न थालेको थियो । नाडामा राजनीतिक स्वार्थले प्रेरित खेल प्रवेश गरेको थाहा पाई केही प्रतिष्ठित घरानाहरुको अगुवाईमा गत वर्ष छुट्टै संस्था नाइमा बनेपछि पनि गोल्छा समूहको असन्तुष्टिलाई सम्बोधन नगरिएको उनी निकट एक व्यवसायी दाबी गर्छन् । त्यही विषय बढ्दै गएपछि नाडा पुनः अर्को पटक फूट्ने अवस्थामा पुगेको उनीहरुको दाबी छ ।  

गत वर्षदेखि बढेको खटपट बढ्दै गएपछि नाडाको एजीएममा गोल्छासहित कार्यसमितिका ८ सदस्यहरूले भागै लिएनन्। उनीहरूको समूहले निर्वाचनमा चासो देखाएन। गोल्छाले किन बहिस्कार गरे  नाडाको एजीएमलाई ? 

Garima Development Bank
Shivam Cement
IME remit
आकाश गोल्छा

'एजीएम र निर्वाचन संवैधानिक थिएनन्, त्यसैले हामीले दुवैमा भाग लिएनौं। ८ जना कार्यकारी सदस्यहरूले बहिस्कार गरेका थिए।' गोल्छाले भने- 'गत वर्षका २५९० सदस्यहरूमध्ये ५० प्रतिशतभन्दा कमले मात्र नवीकरण गरे। धेरै व्यवसायी घरानाहरू नाडाको राजनीतिबाट टाढा रहन चाहन्छन्।'

गोल्छाले आफू अब नाडाको एउटा शुभचिन्तक मात्र रहेको स्पष्ट पार्दै अगाडि भनेका छन्-'म नाडाको शुभचिन्तक हुँ, तर यसमा राजनीतिक प्रभावको असरबारे चिन्तित छु ।'  

असन्तुष्टिबाटै जन्मिएको थियो नाइमा

नाडाभित्रको असन्तुष्टि समयमै सम्बोधन हुन नसक्दा गत वर्ष नाडामा असन्तुष्ट बनेका प्रमुख व्यवसायीहरूले नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) गठन गरेका थिए। नाइमाले २०२५ मा नेपाल मोबिलिटी एक्स्पो आयोजना गरी नाडालाई कडा टक्कर दिएको थियो। यसअघि काठमाडौंमा दशैंअघि एउटा मात्र ठूलो अटो शो हुने गरेकामा नाडाभित्रको फूटकै कारण २०२५ मा नाइमाको अलग एक्स्पो र नाडाको अटो शो दुवै भएका थिए।  

नाइमाको उदयले नाडाको एकाधिकार तोडिएको र उद्योगमा दुई ध्रुवीय विभाजन देखिएको छ।

कतिपय अटो व्यवसायीहरूको आरोप मान्ने हो भने नाइमाले कडा चुनौती दिँदा समेत नाडा नेतृत्वले विवाद मिलाउन छाडेर राजनीति र व्यक्तिगत स्वार्थमा लागेपछि समस्या झन् चर्किएको छ।  

यसले नाडालाई दोस्रो पटक फूटको संघारमा पुर्‍याएको उनीहरूको दाबी छ। यो संकटले समग्र अटोमोबाइल उद्योगको विश्वसनीयता र एकतामा गम्भीर असर पारेको छ। यदि छिट्टै विवाद समाधान नभएमा नाडाको भविष्य नै जोखिममा पर्न सक्ने अटो व्यवसायीहरु बताउँछन् ।  

के भन्छन् अध्यक्ष करण चौधरी ?

करण चौधरी

नाडाका अध्यक्ष करण चौधरीले संगठनमा फूटको हल्लालाई पूर्ण रूपमा हावादारी र अतिरञ्जित भएको बताएका छन्। ठूलो संगठनमा विविध सोच, धारणा र बहस स्वाभाविक हुने र यही बहसले संस्थालाई परिपक्व बनाउने उनको भनाइ छ। उपाध्यक्षलगायत केही पदमा प्रतिस्पर्धा नदेखिनु कमजोरी नभई पछिल्ला वर्षमा संस्थाले हासिल गरेको स्थिरता, निरन्तरता र संस्थागत प्रक्रियाप्रति सदस्यहरूको विश्वासको संकेत भएको उनले स्पष्ट पारे। नाडामा राजनीति घुसेको आरोपलाई पनि भावनात्मक प्रतिक्रिया मात्र भएको बताउँदै चौधरीले संगठनलाई सधैं व्यवसायिक, नीतिगत र संस्थागत तहमा मात्र केन्द्रित राखेको तथा असन्तुष्टिहरूलाई संवाद, समावेशी प्रक्रिया र सामूहिक निर्णयमार्फत बेलैमा सम्बोधन गर्दै आएको दाबी गरे। आलोचना, सुझाव र वैकल्पिक धारणा आउनुले संस्था फुट्छ भन्ने अर्थ नलाग्ने उनको तर्क छ। आज नाडा एकताबद्ध, जिम्मेवार र स्पष्ट दिशासहित अघि बढिरहेको तथा नेतृत्वको ध्यान विवाद सिर्जना होइन, समाधान खोज्ने र संस्थालाई अझ पारदर्शी, आधुनिक तथा प्रभावकारी बनाउनेमा केन्द्रित रहेको उनले जोड दिए।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.