बिहीबार, असार ११,२०८३ 03:49:51
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:49:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह

Laxmi Sunrise Bank Limited
संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले (नाडा) हालै विभिन्न सञ्चारमाध्यममा नाडाका सम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे अनर्गल भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति जनाएको छ । यी सबै दाबीहरू तथ्यविहीन र निराधार भएको नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ ।  

नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानून, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको उल्लेख गरेको छ ।  

‘नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका वैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनुपर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ,’ नाडाद्वारा विज्ञप्तीमा भनिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको भन्दै विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य भएको विज्ञप्तीमा उल्लेख छ ।  

‘यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो । तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि का.जि.प्र.कार्यालयले च.नं. १३० मिति २०८२/०४/१५ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ,’विज्ञप्तीमा भनिएको छ, ‘सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ। यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ ।’  

पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत भएको नाडाले जनाएको छ । कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय नगरेको भन्दै नाडाले नेतृत्व चयन र पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग रहेको नाडाले जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ‘यसै सन्दर्भमा, नाडाको अध्यक्ष म करणकुमार चौधरी, यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु— म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन। यदि सबै सरोकारवालाले सहमति जनाउनुभयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु। संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु ।’

काठमाण्डौ जिल्ला प्रशासन कार्यालयको आधिकारिक पत्रमार्फत विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि भइसकेकोले अब नाडा पूर्ण कानुनी र संस्थागत ढाँचाभित्र रही आगामी विशेष साधारण सभा सम्पन्न गर्ने नाडाले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.