बिहीबार, असार ११,२०८३ 03:49:35
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:49:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नाडा अटो शो विसं २०८२ भदौ ३ देखि, फागुन २७ गतेदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला

Laxmi Sunrise Bank Limited
नाडा अटो शो विसं २०८२ भदौ ३ देखि, फागुन २७ गतेदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला

नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आगामी भदौ भाद्र ३ देखि ८ गतेसम्म १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गरिने भएको छ ।  

काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि यही फागुन २७ गतेदेखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ । प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोलाप्रथाद्वारानै स्टल उपलब्ध गराइने नाडाले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटोकम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुहअनुसार छुट्टाइएको हुँदा सोहीअनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । यस नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीनलगायतका अटोमोवाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरुको तुलनामा यस बर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाडा अटो शो समितिका सह–संयोजक अनुपकुमार बरालका अनुसार अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउदै आईरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएकोे छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.