बिहीबार, बैशाख ३१,२०८३ 11:11:27
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:11:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘चीन अटो चोङछिङ सम्मेलन २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा

Laxmi Sunrise Bank Limited
‘चीन अटो चोङछिङ सम्मेलन २०२५’ मा नेपालको प्रतिनिधित्व गर्दै नाडा
Shivam Cement

काठमाण्डौ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ (सीएसीएस २०२५) मा सक्रियताका साथ नेपालको प्रतिनिधित्व गरेको छ । २०२५ को जुन ६–७ मा चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे ।

नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए । यसै क्रममा नाडाका अध्यक्ष चौधरीले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको थियो ।

Bizshala
New Office
CG Motors

सो सम्मेलनमा डेलिगेशन संवाद समेत सम्पन्न भएको थियो । जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । उक्त सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवद्र्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरुको अवस्था र वातावरण, तथा नाडाले आउदो अगष्टमा काठमाण्डौमा आयोजना गर्ने नाडा अटो शो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो । यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूको तर्फबाट समेत उच्च चासो राखिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुगेको छ । उक्त सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, यमुना श्रेष्ठ,आमन्त्रित केन्द्रीय कार्य समिति सदस्यद्धय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलो पटक भएको हो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.