• बिहीबार, भाद्र २६,२०८२ 01:14:18
Global IME Bank Limited

नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई

Hyundai Nepal
नाडाले गर्‍यो अरुण चौधरीको पक्राउको भत्सर्ना,लगानी सम्मेलनलाई नकारात्मक प्रभाव पार्ने भनाई

काठमाण्डौ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले उद्योगपति अरुण चौधरीको पक्राउको भत्सर्ना गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशकलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नाडाद्वारा जारी विज्ञप्तीमा सम्बन्धित विषयको गहिरो अध्ययन र अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई आग्रह गरिएको छ ।  

‘प्रहरीले गिरफतारी पश्चात मात्रै समस्या पहिल्याउने प्रबृत्तिले व्यवसायीहरुलाई थप हतोत्साहित मात्र बनाएको छैन यसले आउदै गरेको लगानी सम्मेलनलाई समेत नकारात्मक प्रभाव पार्ने देखिएको छ । पहिला आवश्यक छानविन र सत्यतथ्य यकीन गरेर मात्र कानूनी प्रक्रियालाई अघि बढाउन हामी सरकारलाई आग्रह समेत गर्दछौ ।’विज्ञप्तीमा उल्लेख गरिएको छ ।  

सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरी बाँसबारी जुत्ता कारखानाको सरकारी जग्गा अपचलन गरेको आरोपमा हिजो पक्राउ परेका थिए ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.