काठमाण्डौ । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजक पदको अन्तर्वार्ताका लागि ५ जना छनौट भएका छन् । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान आवेदन मा गरेको थियो ।
उक्त सूचनाका आधारमा दरखास्त फाराम र व्यावसायिक कार्ययोजना स्वीकृत भएका ५ जना उम्मेदवारनै अन्तर्वार्ताका लागि छनौट भएका हुन् ।
अन्तर्वार्ताका लागि छनौट हुने उम्मेदवारमा प्रकाश घिमिरे,तारानाथ पाण्डे,पिताम्बर सापकोटा,रोशन कुमार अधिकारी र गोबिन्द प्रसाल शर्मा रहेका छन् । अन्तर्वार्ताका लागि छनौट भएका ५ जना आवेदकलाई नेपाल राष्ट्र बैंकले नागरिकता,शैक्षिक योग्यताको प्रमाणपत्र तथा कार्य अनुभव खुल्ने कागजातको सक्कल प्रतिसहित उपस्थित हुन सूचना जारी गरेको छ ।
गोविन्द प्रसाद शर्मा र तारानाथ पाण्डेलाई चैत २५ गते आइतबार बिहान ८.३० बजे, पिताम्बर सापकोटा र प्रकाश घिमिरेलाई चैत २५ गते साँझ५ः३० बजे र रमेश कुमार अधिकारीलाई चैत २६ गते बिहान ८ बजे अन्तर्वार्ताका लागि बोलाइएको छ ।