काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापूँजीको ७५ प्रतिशत हकप्रद जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेको छ ।
कम्पनीले १ः०.७५ अनुपातमा ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँ बराबरको ३ करोड ७६ लाख ८३ हजार ४०७ कित्ता हकप्रद सेयर निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो ।
कम्पनीले गत फागुन १४ गते नै बोर्डमा निवेदन दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा भने हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीहरुले पेश गरेको कागजात, विवरण तथा विवरणपत्र, तोकिएको कानूनी व्यवस्था तथा नियामकीय मापदण्ड बमोजिम नभएसम्म धितोपत्रको दर्ता तथा सेयर निष्कासनको स्वीकृति प्रदान नगरिने बोर्डले जनाएको छ ।

