बुधबार, चैत्र ११,२०८२ 07:46:30
Bizshala
  • बुधबार, चैत्र ११,२०८२ 07:46:30
Bizshala
Global IME Bank Limited

ट्रम्पसँग कहिल्यै सहमति हुँदैन : इरानको तीखो व्यंग्य-‘न अहिले, न कहिल्यै’

Hyundai Nepal
ट्रम्पसँग कहिल्यै सहमति हुँदैन : इरानको तीखो व्यंग्य-‘न अहिले, न कहिल्यै’
Shivam Cement

काठमाण्डौ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गर्दै कडा व्यंग्य प्रकट गरेको छ। इरानी सेनाको खातम अल-अन्बिया मुख्यालयका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल इब्राहिम जुल्फिकारीले ट्रम्पलाई लक्षित गर्दै भने, “हामीजस्ता व्यक्तिले तिमी जस्ता व्यक्तिसँग कहिल्यै सहमति गर्दैनौं।”

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

राज्य टेलिभिजनमार्फत प्रसारित भिडियो सन्देशमा उनले भने, “हाम्रो पहिलो र अन्तिम भनाइ उही हो-न अहिले, न कहिल्यै।” ट्रम्पले वार्ताको दाबी गरेको विषयलाई उनले उपहास गर्दै प्रश्न गरे, “के तिम्रो आन्तरिक विवाद यति बढेको हो कि तिमी आफैंसँगै संवाद गरिरहेका छौ?”

ट्रम्पले इरानसँग युद्धविरामका लागि छलफल भइरहेको दाबी गरेका थिए। तर इरानले अमेरिकासँग कुनै प्रत्यक्ष वा परोक्ष संवाद नभएको स्पष्ट पारेको छ। इरानी प्रवक्ताले ट्रम्पको नीति ‘रणनीतिक असफलता’ भएको टिप्पणी गर्दै भने, “तिमीले शक्तिको रूपमा देखाएको कुरा अहिले पूर्ण असफलतामा परिणत भएको छ। आफ्नो पराजयलाई सहमतिको नाम नदेऊ। तिम्रा खोक्रा वाचा अब समाप्त भइसके।”

यो युद्ध आज २६औँ दिनमा प्रवेश गरेको छ। इरानले इजरायलको तेलअभिभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेको छ भने अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र बनाएको छ। अमेरिकाले मध्यपूर्वमा थप सेना पठाउने तयारी गरेको छ-८२औँ एयरबोर्न डिभिजनका कम्तीमा १,००० सैनिक र दुई मरिन एकाइसहित करिब ५,००० मरिन तथा हजारौँ नाविक परिचालन गरिने बताइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उता पाकिस्तानले १५ बुँदे युद्धविराम प्रस्ताव इरानलाई बुझाएर संवाद पुनः सुरु गराउने प्रयास गरिरहेको छ। तर इरानले कुनै सहमतिको सम्भावना अस्वीकार गर्दै स्पष्ट पारेको छ, “यस क्षेत्रको स्थिरता हाम्रो सेनाको सुदृढ हातबाट मात्र सुनिश्चित हुन्छ। इरानी राष्ट्रविरुद्ध सैन्य कारबाहीको सोच पूर्ण रूपमा त्यागेपछि मात्र अवस्था पूर्ववत् हुन सक्छ।”

इरानी अधिकारीहरूले विश्वलाई ‘सत्य’ र ‘असत्य’ गरी दुई भागमा विभाजन भएको बताएका छन्। सत्यको पक्षमा उभिने कसैलाई पनि ट्रम्पका भनाइले भ्रमित गर्न नसक्ने उनीहरूको दाबी छ।

इरानको यस कडा अडानले मध्यपूर्वको द्वन्द्व अझ लम्बिने र विश्व तेल आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढाएको छ।

-Agencies

Global IME Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.