शुक्रबार, बैशाख ४,२०८३ 04:10:53
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 04:10:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पेट्रोल लिटरमै ७६ र डिजेल १४३ रुपैयाँले महँगिएपछि निगम दबाबमा, फेरि बढ्यो मूल्य

Bizshala
पेट्रोल लिटरमै ७६ र डिजेल १४३ रुपैयाँले महँगिएपछि निगम दबाबमा, फेरि बढ्यो मूल्य
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगमले आन्तरिक बजारमा पुनः मूल्यवृद्धि गरेको छ। पछिल्लो एक महिनामा पेट्रोलमा प्रतिलिटर करिब ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य बढेपछि निगम गम्भीर घाटामा पुगेको भन्दै मूल्य समायोजन गरिएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निगमले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको छ। निगमका अनुसार यस अवधिमा मूल्य समायोजन गर्न नसक्दा करिब १५ दिनमै अर्बौं रुपैयाँ घाटा व्यहोर्नुपरेको थियो।

नयाँ मूल्यअनुसार पेट्रोल पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ पुगेको छ भने दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, डिजेल तथा मट्टितेल पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

निगमले अन्तर्राष्ट्रिय आपूर्तिकर्ता इन्डियन आयल कर्पोरेसनबाट उच्च मूल्यमा पेट्रोलियम पदार्थ खरिद गर्नुपरेकाले लागत बढ्दै गएको जनाएको छ। बढ्दो लागत र भुक्तानी दबाबका कारण आपूर्ति व्यवस्थापनमै समस्या आउन सक्ने जोखिम देखिएपछि मूल्य समायोजन अपरिहार्य भएको निगमको भनाइ छ।

यद्यपि उपभोक्तामाथि पर्ने असरलाई न्यून गर्न मूल्य स्थिरीकरण कोषको आंशिक प्रयोग गरिएको निगमले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा तत्कालै मूल्य घटाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज राखेको छ भने दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल समावेश गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.