पेट्रोल लिटरमै ७६ र डिजेल १४३ रुपैयाँले महँगिएपछि निगम दबाबमा, फेरि बढ्यो मूल्य
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढेपछि नेपाल आयल निगमले आन्तरिक बजारमा पुनः मूल्यवृद्धि गरेको छ। पछिल्लो एक महिनामा पेट्रोलमा प्रतिलिटर करिब ७६ रुपैयाँ र डिजेलमा १४३ रुपैयाँसम्म मूल्य बढेपछि निगम गम्भीर घाटामा पुगेको भन्दै मूल्य समायोजन गरिएको हो।

