शुक्रबार, चैत्र २०,२०८२ 08:13:40
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 08:13:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सार्वजनिक सवारीसाधनको भाडा बढाउन यातायात व्यवसायीको माग, सम्बोधन नभए आफुखुशी वृद्धि गर्ने चेतावनी

Bizshala
सार्वजनिक सवारीसाधनको भाडा बढाउन यातायात व्यवसायीको माग, सम्बोधन नभए आफुखुशी वृद्धि गर्ने चेतावनी
Shivam Cement

काठमाण्डौ । यातायात व्यवसायीहरूले सार्वजनिक सवारीसाधनको भाडा तुरुन्त परिमार्जन गर्न सरकारसमक्ष माग गरेका छन् ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बढाइएपछि सोहीअनुसार भाडा समायोजन गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

महासंघद्वारा जारी विज्ञप्तिमा हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने भए पनि सार्वजनिक यातायाततर्फ सरकारले बेवास्ता गर्नु विभेदपूर्ण व्यवहार भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार, यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहक सवारीका लागि ११.३३ प्रतिशत, पहाडी मालवाहकका लागि १४.२९ प्रतिशत र तराई मालवाहकका लागि ८.८१ प्रतिशत भाडा वृद्धि गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको थियो । तर हालसम्म उक्त निर्णय कार्यान्वयनमा आएको छैन ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हालको मूल्यवृद्धिका कारण दैनिक लाखौँ रुपैयाँ घाटा बेहोर्दै सेवा सञ्चालन गर्नुपरेको अवस्था रहेको व्यवसायीहरुको भनाई छ । महासंघले संघीय सरकारसहित सबै प्रदेश सरकारलाई वैज्ञानिक आधारमा छिटोभन्दा छिटो भाडा समायोजन गर्न आग्रह गरेको छ ।

साथै माग सम्बोधन नभए व्यवसायीहरूले आफैं भाडा निर्धारण गरी उठाउने चेतावनी समेत दिएका छन् ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.