आईतवार, आश्विन १८,२०८३ 07:17:52
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:17:52
Bizshala
Global IME Bank Limited

अब बैंक पनि सातामा ५ दिन मात्र खुल्ने, नयाँ कारोबार समय तोकियो

Bizshala
अब बैंक पनि सातामा ५ दिन मात्र खुल्ने, नयाँ कारोबार समय तोकियो
New Office

काठमाण्डौ । आइतबारको मन्त्रिपरिषदबाट साताको दुई दिन विदा दिने निर्णयसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै नेपाल राष्ट्रबैंकले पनि सो व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।  

नेपाल राष्ट्रबैंकको मानव संसाधन व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै बैंक विदा तथा कार्यालय समयका विषयमा नयाँ व्यवस्था गरेको हो ।  

अब राष्ट्रबैंकले समेत आफू मातहतका सम्पूर्ण विभाग, महाशाखा, कार्यालय तथा इकाईहरुमा सोमबार-चैत २३ गते)देखि नै लागू हुने गरी प्रत्येक शनिवार र आइतबार सार्वजनिक विदा दिइने निर्णय गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यालय समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको कार्यालय समय चाहिँ बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कायम गरिएको छ । 

बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान ९ बजेदेखि ४ बजेसम्म कायम गर्ने केन्द्रीय बैंकको निर्णय छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मको बैंकिङ कारोबार समय भने बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कायम गरिएको छ ।  

यस्तै, केन्द्रीय बैंकले आइतबार राति नै एक सर्कुलर जारी गर्दै कार्यालय समय परिवर्तन भएको र सो व्यवस्था सोमबारदेखि नै लागू हुने उल्लख गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.