काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालले आफ्नो सार्वजनिक सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंक मौज्दात, बहुमूल्य धातु तथा विभिन्न जिल्लामा अचल सम्पत्तिको विवरण खुलाएका छन्।
सार्वजनिक विवरणअनुसार मन्त्री लम्सालसँग करिब ९० लाख रुपैयाँ बैंक मौज्दात रहेको उल्लेख छ। साथै, उनको नाममा ३० तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा समावेश गरिएको छ।
अचल सम्पत्तिको हकमा परिवारका सदस्यका नाममा विभिन्न जिल्लामा जग्गा तथा घर रहेको देखिएको छ। विवरणअनुसार रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, तथा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।