शुक्रबार, बैशाख ४,२०८३ 02:06:35
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 02:06:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

माछापुच्छ्रे बैंकले एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस् मार्फत नेपालपे कार्डलाई इनेबल गर्ने

Bizshala
माछापुच्छ्रे बैंकले एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस् मार्फत नेपालपे कार्डलाई इनेबल गर्ने
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको पेमेन्ट इनेबल गर्न सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकको प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुबेदी तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त सम्झौतापत्र आदानप्रदान गरेका हुन्  ।  

एनसीएचएलको इएफटी स्वीच नेशनल कार्ड स्वीच (एनपीएस–एनसीएस) सँग इन्टिग्रेट भइसकेको र उक्त सम्झौतापश्चात् माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकहरुका लागि नेपाल पे कार्ड जारी गर्न सक्नेछ, साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र रुपे कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबारहरु प्रोसेस गर्न सक्नेछ ।  

पहिलो चरणमा बैंकले आफ्नो १९९ भन्दा वटा एटीएम र ३००० भन्दा वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अक्वायरिङ्गका लागि इनेबल गर्नेछ भने क्रमिक रुपमा उक्त कार्ड आफ्नो ग्राहकहरुलाई जारी समेत गर्नेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायीक रोलआउट शुरु गरिसकेको छ भने अन्तर्राष्ट्रिय पार्टनर डिस्कभर नेटवर्कमार्फत नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । 

नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल पे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा डिस्कभर पार्टनर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit

एनसीएचएलको इएफटी सर्भिसेस्मार्पmत हाल १० वटा सदस्य बैंक वित्तीय संस्थाहरुले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्कीमहरु प्रोसेस गर्दै आइरहेका छन् । हालै इएफटी र नेशनल पेमेन्ट स्वीचबीचको इन्टिग्रेसनसँंगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सक्नेभ एको हो। इएफटीका अन्य सदस्य बैंक तथावित्तीय संस्थाहरुले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । 

हालसम्म नेपालपेमा ३४ भन्दाबढि बैंक वित्तीय संस्थाहरु आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । नेपालपे कार्ड कार्यान्वयनमा आइसकेको छ र हाल २ वटा कमर्सियल बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेको छ भने तीन वटा कमर्सियल बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो वृद्धि हुने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले हाल १८ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । देशभर बैंकका १६५ वटा शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ्ग सेवा तथा १९९ एटीएम टर्मिनल सञ्चालनमा रहेका छन् । बैंककाहालसम्म ४ लाखभन्दा बढि कार्डहोल्डर ग्राहकहरु रहेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.