बुधबार, श्रावण २०,२०८३ 12:26:45
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:26:45
Bizshala
Global IME Bank Limited

रवि लामिछानेको सांसद पद निलम्बनको माग, सर्वोच्चमा रिट दर्ता

रवि लामिछानेको सांसद पद निलम्बनको माग, सर्वोच्चमा रिट दर्ता
New Office

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाईसांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अधिवक्ता आयुष बडालसहितका निवेदकहरूले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी सार्वजनिक पदमा रहँदा स्वतः निलम्बनमा पर्नुपर्ने दाबी गरेका छन् । 

त्यसैले उनलाई सांसदको रूपमा काम गर्न नदिन अदालतबाट आदेश जारी गर्नुपर्ने माग गरिएको हो ।

तीन दिनअघि दर्ताका लागि पेस गरिएको उक्त रिट अझैसम्म सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छैन । नियमअनुसार दर्ता गर्न नमिल्ने भए दरपीठ आदेश दिनुपर्ने व्यवस्था भए पनि हालसम्म त्यस्तो आदेश जारी गरिएको छैन ।

सर्वोच्च अदालत प्रशासनका स्रोतका अनुसार, रिटबारे माथिल्लो तहलाई जानकारी गराउनुपर्ने भन्दै हाललाई निवेदन रोकिएको अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.