आईतवार, बैशाख ६,२०८३ 05:43:12
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:43:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

वर्ष २०८०ः होटल समूहका लगानीकर्ताले कमाए ५५% सम्म, वाणिज्य बैंक समूहकालाई भने बज्रपात

Bizshala
वर्ष २०८०ः होटल समूहका लगानीकर्ताले कमाए ५५% सम्म, वाणिज्य बैंक समूहकालाई भने बज्रपात
Shivam Cement

काठमाण्डौ । विस २०७८ साल भदौ २ मा उच्च विन्दु कायम गरेको सेयर बजार त्यसपछि भने ३३ महिना लागातार वियरिस ट्रेण्डमा चलेको छ । यो बीचमा बजार ४ पटक २२ सय विन्दु पुग्यो भने ४ पटक नै १८ सय नजिक आयो ।  

त्यस पछिको २ वर्षमा भने बजार १८ सय देखि २२ सयबीच साइड वेज चलेको छ । विगत एक वर्षको प्रदर्शनलाई मात्रै नियाल्ने हो भने नेप्से २ पल्ट २२ सय माथि गयो भने एकपटक मात्रै १८ सय नजिक पुग्यो । यो वर्षको अन्तिम कारोबार दिन नेप्से २०२५ को विन्दुमा बन्द भएको छ ।  

यहि विषयलाई प्राविधिक रुपमा डाउ थेउरी मार्फत भन्ने हो भने बजारमा हायर–हाई र हाएर लोको सिरिज बन्दै गरेको देखिन्छ । यसो हुनुमा मुख्य २ कारण रहेको देखिन्छ । पहिलो भनेको बजारमा आईपीओ तथा हकप्रदको सेयरले बजार पूँजीकरण बढ्नु हो । गत वर्ष यही अबधिमा बजार पूँजीकरण २८ खर्ब १८ अर्ब रहेकोमा यस वर्षको अन्त्यमा ३२ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ । यस हिसावले एक वर्षमा बजार करिब ९० अंकले बढ्दा बजार पूँजीकरण ३ खर्ब ९४ अर्ब बढेको छ । अर्को भनेको बजार लामो समय साइड चलेको र करिव ३ वर्षको वियरिष चक्र सकिदैं जाँदा लगानीकर्ताहरुले लगानी थप्दै गरको पनि हुन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एक वर्षमा उपसमूहमा अवस्था कस्तो ?

यो अवधिमा १३ वटा उप समूह मध्य २ वटामा रातो पोतिएको छ । ११ वटा उपसमूहका लगानीकर्ताले पूँजीबजारबाट आम्दानी नै गरेको देखिन्छ । जसमा वाणिज्य बैंकका लगानीकर्ताहरुले एक वर्षको अवधिमा करिब १७ प्रतिशतले नोक्सान व्यहोरेको देखिन्छ । त्यस पछि जलविद्युत समूहका लगानीकर्ताहरले करिब साढे २ प्रतिशतले नोक्सानी व्यहोरेका देखिन्छ । यो वर्ष होटल सेक्टरका लगानीकर्ताहरु भने मालामाल भएको अवस्था रहेको छ । यो अवधिमा होटल सेक्टरका लगानीकर्ताहरुले ५५ प्रतिशत आम्दानी गरेका छन् । त्यस पछि उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले करिब ४६ प्रतिशत आम्दानी गरेका छन् ।  

आगामी वर्षको सम्भवाना कस्तो ?

नेप्सेको २५ वर्ष भन्दा लामो चार्टलाई नियाल्ने हो भने बजार करिब ४० महिना वियरिस चलेको देखिन्छ । यस हिसाबले बजार यदि त्यही ट्रेण्ड फलो गर्छ भने २०८१ को मंसिर पछि मात्रै बजारको वास्तविक बुल यात्रा तय हुन सक्छ । त्यस अघिसम्म भने बजार १८ सय देखि २२ सय सम्मकै चक्रमा चल्न पनि सक्छ । यद्यपी बजारमा विगतको इतिहास हेर्दा ठूलो बुल आउनु पूर्वको हलचल भने बाँकी नै रहेको देखिन्छ ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.