बुधबार, श्रावण १३,२०८३ 12:54:33
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 12:54:33
Bizshala
Global IME Bank Limited

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

रोशीमा बाढी आएपछि बीपी राजमार्ग ठप्प, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह
New Office

काभ्रे, बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ। मंगलबार राति रोशी खोलामा आएको बाढीका कारण विभिन्न स्थानमा बनाइएका अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रहरीका अनुसार रोशी खोलामा आएको तीव्र बहावले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती लगायतका स्थानमा निर्माण गरिएका डाइभर्सनहरू बगाएको हो। 

 

यी डाइभर्सनहरू सवारी आवागमनका लागि अस्थायी रूपमा तयार पारिएका थिए । तर, बाढीको दबाब थेग्न नसक्दा क्षति पुगेको बताइएको छ।

राजमार्ग बन्द भएपछि बुधबार बिहानैदेखि काभ्रेका मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल क्षेत्रमा सवारी साधनहरू रोकेर राखिएको छ। 

त्यस्तै, सिन्धुली जिल्लाको नेपालथोक र खुर्कोटमा पनि सवारी आवागमन ठप्प हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन्।

प्रहरीले तत्काल डाइभर्सन पुनःनिर्माण गरेर सवारी सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाएको छ। 

तर, पानीको बहाव कम नभएसम्म काम गर्न कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने सम्भावना रहेको छ।

यस अवस्थालाई ध्यानमा राख्दै प्रहरीले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। 

साथै, सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ।

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.