मंगलवार, असार ३,२०८२ 01:42:05
  • मंगलवार, असार ३,२०८२ 01:42:05
Global IME Bank Limited

पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल

Hyundai Nepal
पर्यटकको संख्या धेरै भएको भन्दै भोक हड्ताल
Nabil Bank Limited

काठमाण्डौ । संसारका धेरै ठाँउमा पर्यटकलाई पाहुनाका रुपमा सम्मान गरिन्छ । देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले विशेष महत्व राख्ने भएकाले पर्यटकहरुको आतिथ्यतामा विशेष ध्यान दिइने गरिन्छ ।  

तर स्पेनमा भने पर्यटकको संख्या धेरै भएको भन्दै आन्दोलन भएको छ । स्पेनको क्यानअरी आईल्याण्डका स्थानियले पर्यटकको संख्या धेरै भएको र यसले आफ्नै घरबाट बेदखल गरेका, महँगी बढेको र वातावरणमा असर परेको भन्दै भोक हड्ताल बसेका छन् । अफ्रिकाको पश्चिम सामुन्द्रिक तटमा रहेको स्पेनको यो टापु वर्षभरी एकनाशको तापमान हुने भएकाले पर्यटकहरुका लागि बिदा मनाउने चर्चित गन्तव्यको रुपमा रहेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर बितेको एक दशकमा भने यो टापुमा ११.५ मिलियन पर्यटकबाट वर्षेनी १६ मिलियन पर्यटक भित्रिरहेका छन् । क्यानारियस से अगोटा नामक एक समूहले पर्यटकहरुबाट भईरहेको वातावरणको दोहनलाई रोक्न समर्थकहरुलाई भोक हड्ताल गर्न आह्वान गरेको छ । यसका साथे उक्त समूहले मानव साङलो बनाएर अभियानलाई समर्थन गर्न आह्वान गरेको छ ।  

यस्तै अर्को स्थानिय संरक्षण समूहले पनि अप्रिल २० मा हड्ताल गर्ने तयारी गरेको छ । अन्य पर्यावरण समूहहरुले पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।  

पर्यटकहरुको अत्यधिक चापका कारण स्थानियहरुले महंगो मूल्यमा हाउजिङको सुविधा लिनुपरिरहेको आरोप लगाएका छन् । यस्तै उनीहरुले पर्यटकहको अव्यवस्थित आगमनले पानीको कमी समेत सिर्जना भईरहेको बताएका छन् । स्वीमिङ पुल र गल्फ कोर्सहरुले ठूलो परिणाममा पानीको उपयोग गर्ने भएकाले स्थानियलाई पानीको अभाव हुने गरेको आरोप लगाइएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.