सोमबार, श्रावण १८,२०८३ 05:46:40
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:46:40
Bizshala
Global IME Bank Limited

‘बीआईएस प्रोग्राम २०२६’ अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न

‘बीआईएस प्रोग्राम २०२६’ अन्तर्गत इटहरीमा अभिमुखीकरण सम्पन्न
New Office

काठमाण्डौ । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा डिजिटल एन्ड आईटी–इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस(बीआईएस) प्रोग्राम २०२६’ अन्तर्गत अभिमुखीकरण सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक उद्यम विकास संस्थानको समन्वयमा सञ्चालन गरिएको हो ।

यस कार्यक्रममार्फत ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई इन्क्युबेसन सहयोग प्रदान गर्ने लक्ष्य राखिएको छ । मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने हाइब्रिड मोडलको यस पहलअन्तर्गत सहभागी स्टार्टअपहरूले विशेषज्ञसँगको वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

इन्क्युबेसन कार्यक्रममा १२ स्टार्टअप टोलीहरू स् हुन्छ डिजिटल, खाजा घर, कृषि कम्पास, लोकल बजार, मन्थन, मेडिक्याब टेक्नोलोजिज प्रालि, मेरो सफारी मेरो गुनासो, माइन्ड ब्रिज, सफारी यात्री, सजिलो, उत्सव इभेन्ट्स र भोल्टभी चयन भएका छन् ।

कार्यक्रममा विभिन्न प्रविधि तथा नवप्रवर्तन क्षेत्रमा सक्रिय विज्ञहरूले आफ्ना अनुभव साझा गरेका थिए । नेशनल इन्नोभेसन सेन्टरका टेक लिड सञ्जय पौडेल, लुनार टेक्नोलोजीका चन्द्र आचार्य र क्षितिज दहाल, किङ्सपायर टेक्नोलोजिजका केशब भण्डारी तथा काफल्सका एक्जिक्युटिभ चेयरम्यान सन्तोष धमलाले स्टार्टअप विकास, बजार विस्तार, लगानी तयारी र व्यवहारिक चुनौतीका विषयमा महत्वपूर्ण धारणा राखेका थिए ।

आयोजकका अनुसार, यस कार्यक्रमले काठमाण्डौ उपत्यकाभन्दा बाहिर उद्यमशीलता प्रवर्द्धन गर्दै क्षेत्रीय नवप्रवर्तन इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ । इन्क्युबेसन पहलले उद्यमीहरूलाई उद्योग–विशेषज्ञसँग प्रत्यक्ष संवाद, व्यवहारिक तालिम तथा नेटवर्किङ अवसर उपलब्ध गराउँदै उनीहरूको व्यवसायिक मोडेल परिष्कृत गर्न सहयोग पुर्‍याउनेछ ।

कार्यक्रमअन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सिड इन्भेस्टमेन्ट सपोर्टका साथै आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ्स तथा एआई कन्फरेन्सजस्ता राष्ट्रिय प्लेटफर्महरूमा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।

आईसीटी फाउन्डेसन नेपालले यसअघि पनि डिजिटल कर्णाली कन्क्लेभ तथा डिजिटल मधेश कन्क्लेभमार्फत क्षेत्रीय नवप्रवर्तन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । इटहरीमा सम्पन्न यो अभिमुखीकरण सत्रलाई कोशी प्रदेशमा स्टार्टअप इकोसिस्टम विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

कार्यक्रमका एसोसिएटेड पार्टनरहरूमा लुनार सोलुसन र नमुना कलेज, इटहरी रहेका छन् भने सपोर्टिङ पार्टनरहरूमा किन्स्पायर प्रालि र काफल्स रहेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.