काठमाण्डौं । सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले दिए।
उनका अनुसार, राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता आएको उक्त अध्यादेशलाई पुनः सिफारिस गर्ने निर्णय गरिएको हो।
राष्ट्रपति पौडेलले आइतबार सो अध्यादेश फिर्ता गरेका थिए।
मन्त्री पोखरेलले अध्यादेशमा कुनै परिमार्जन नगरी जस्ताको त्यस्तै पुनः राष्ट्रपतिसमक्ष पठाइएको पनि स्पष्ट पारे।
सरकारले संवैधानिक परिषद (पहिलो संशोधन) अध्यादेश २०८३ पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।