काठमाण्डौ । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् ।
साथै, कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्धती खातामा भएको रकमबाट कर्जा(Loan Against FD)लिदा ०.२५ प्रतिशत छुट प्रदान गरिनेछ ।
कुमारी स्मार्ट मार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै खाता खोल्न सकिने बैंकले जनाएको छ । यस्तो प्रकारको मुद्धती खाता खोल्नको लागी र मुद्धती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रक्रियाहरु नचाहिने र मोबाइल बैंकिङ एप मार्फत यो सुविधा २४ सै घण्टा उपलब्ध रहने व्यहोरा बैंकले सार्वजनिक गरेको छ ।
२०८१ वैशाख महिनाको लागि मुद्धती खाता प्रदान गरिएको ब्याजदर अवधि स्वयं उपस्थितमाखोलिएका मुद्धतीमा पाइने ब्याजदर कुमारी स्मार्टबाट खोलिएका खातामा पाइने ब्याजदर :
३–६ महिना : ६.५१% ६.६६%
६ महिना देखि १ वर्ष मुनि : ७.००% ७.१५%
१ वर्ष माथि : ७.११% ७.२६%
कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ ईकाईहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।