शनिबार, कार्तिक २८,२०८३ 03:06:21
  • शनिबार, कार्तिक २८,२०८३ 03:06:21
Global IME Bank Limited

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा

Bizshala
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा
New Office

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरण फेरि कानूनी प्रक्रियामा अघि बढेको छ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना व्यक्ति तथा सम्बन्धित निर्माण कम्पनीविरुद्ध नयाँ मुद्दा दायर गरेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विशेष अदालत, काठमाडौँमा बिहीबार दायर गरिएको मुद्दामा विमानस्थल निर्माणका क्रममा सम्झौताका प्रावधान उल्लंघन गर्दै ठेकेदार कम्पनीलाई कर छुट दिइएको र त्यसबाट राज्यलाई आर्थिक क्षति पुगेको आरोप लगाइएको छ।  

अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार अनुसन्धानका क्रममा देखिएको अनियमितता प्रमाणित भएपछि मुद्दा अघि बढाइएको हो।

 

Garima Development Bank
Bizshala
IME remit

मुद्दामा  तात्कालीन अर्थमन्त्री कार्की, अर्थ मन्त्रालयका तात्कालीन सचिव शंकरप्रसाद अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तात्कालीन सचिव महेश्वर न्यौपानेसहित १३ जना तथा निर्माण कम्पनीलाई कानूनी दायरामा ल्याइएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.