पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री कार्कीसहित १३ जनाविरुद्ध मुद्दा
काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरण फेरि कानूनी प्रक्रियामा अघि बढेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अनुसन्धानपछि पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ जना व्यक्ति तथा सम्बन्धित निर्माण कम्पनीविरुद्ध नयाँ मुद्दा दायर गरेको छ।

