शुक्रबार, बैशाख २५,२०८३ 12:25:22
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 12:25:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिरहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय हटाइएपछि स्थानीय आन्दोलित

Bizshala
सिरहाको बरियारपट्टीमा छोटी भन्सार कार्यालय हटाइएपछि स्थानीय आन्दोलित
Shivam Cement

काठमाण्डौं । बरियारपट्टी स्थित छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै स्थानीय र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।

नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध शुरु भएको हो। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

स्थानीयवासीले भन्सार बन्द हुँदा सीमावर्ती व्यापार, राजस्व संकलन र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने बताएका छन्।

आन्दोलनको पहिलो चरणमा प्रदर्शनकारीहरूले बिहीबार करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गरेका थिए। त्यसपछि उनीहरूले जिल्ला प्रशासन कार्यालय प्रसाशन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाउँदै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्।

बष्सयारपट्टी गाउँपालिमा वडा नं ३  का वडाध्यक्ष विनोदकुमार यादवका अनुसार शुक्रबारदेखि सडक जाम र बजार बन्द गर्दै आन्दोलनलाई थप सशक्त बनाइएको छ।

घोषित कार्यक्रमअनुसार वैशाख २५ गते चक्काजाम, वैशाख २६ गते र्‍यालीसहित कोणसभा, वैशाख २७ गते बजार बन्द तथा मसाल जुलुस र वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ।

CG Motors
Garima Development Bank
IME remit

शुक्रबार बिहानदेखि प्रदर्शनकारीहरूले बरियारपट्टी चोकमा टायर बालेर तथा सडकमा अवरोध राखेर हुलाकी मार्ग अवरुद्ध गरेका छन्।  

जसका कारण पूर्व–पश्चिम आवागमन प्रभावित बनेको छ भने नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूले सास्ती खेप्नुपरेको छ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सेवाग्राहीलाई समस्या नहोस् भनेर माडर भन्सार कार्यालयबाट कर्मचारी खटाइएको जानकारी दिएका छन्।  

उनका अनुसार माडर भन्सार कार्यालयकै नामबाट भन्सार सेवा सञ्चालनको व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी पौडेलले आन्दोलनकारीले बुझाएको ज्ञापनपत्रका आधारमा अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी भइरहेको र मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने बताए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X