बुधबार, माघ ९,२०८१ 12:27:04
IME remit
  • बुधबार, माघ ९,२०८१ 12:27:04
IME remit
Global IME Bank Limited

यूनियनपे सँगको सहकार्यमा खल्तीको क्यासब्याक मेलाः हरेक स्क्यान एण्ड पे मा १०% क्यासब्याक

Hyundai Nepal
यूनियनपे सँगको सहकार्यमा खल्तीको क्यासब्याक मेलाः हरेक स्क्यान एण्ड पे मा १०% क्यासब्याक
Nabil Bank Limited

काठमाण्डौ । खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि  ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ। यूनियनपे सँग सहकार्य गर्दै प्रदान गरिएको यस अफरमा खल्ती प्रयोगकर्ताहरूले तोकिएका  ब्राण्डहरूको १ सयभन्दा बढीं आउटलेटहरूमा यूनियनपे को क्यूआर स्क्यान गरी भुक्तानी गर्दा थुप्रै क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।  

चैत्र १४ देखि  वैशाख ३० गतेसम्म लागू हुने यस अफरमा खल्ती प्रयोगकर्ताहरूले यूनियनपे को क्यूआर खल्तीमार्फत स्क्यान गरी छिटो र सरल तरिकाले भुक्तानी गर्दै १० प्रतिशत क्यासब्याकको लाभ समेत उठाउन सक्नेछन्।

विभिन्न मुभी हल, क्याफे र रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्राण्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्यासब्याकको लाभ लिन सकिने कम्पनीले जनाएको छ । आइएनआइ सिनेमा, न्यू म्यू डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्राण्डहरूको आउटलेटहरूमा यस अफर उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

साथै अन्य थप ब्राण्डहरू पनि यस अफरमा जोडिने  क्रम जारी छ ।  

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,‘यूनियनपे सँगको सहकार्यमा खल्तीले नयाँ वर्षको अवसर पारी ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ । खल्तीमा उपलब्ध हुने क्यासब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएको कुरालाई मध्यनजर गर्दै हामीले ‘क्यासब्याक मेला’ उपलब्ध गराएका छौँ। स्क्यान एन पे मा उपलब्ध भएको यस अफरले धेरै प्रयोगकर्ताहरू सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्न मिल्ने  डिजिटल प्रक्रिया सँग परिचित हुनुका साथै टन्नै क्यासब्याकको मज्जा लिन सक्नेछन्। यसका साथै ‘ क्यासब्याक मेला’ अन्तर्गत नयाँ प्रयोगकर्ताहरू पनि  डिजिटल भुक्तानी प्रति आकर्षित हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौँ।’  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.