आईतवार, फाल्गुन ११,२०८१ 02:31:51
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:31:51
IME remit
Global IME Bank Limited

बजेटलाई कार्यान्वयनमुखी बनाउन प्रधामन्त्रीको निर्देशन, यस्ता छन् १६ बुँदे निर्देशन

Hyundai Nepal
बजेटलाई कार्यान्वयनमुखी बनाउन प्रधामन्त्रीको निर्देशन, यस्ता छन् १६ बुँदे निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटलाई कार्यान्वयनमुखी बनाउँन १६ बुँदे निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा आज आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धी बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।  प्रधानमन्त्रीले यसपटकको बजेट कनिका छरेजस्तो नहुने र अधुरा आयोजनाहरूको निर्माण छिटो हुनेगरी तर्जुमा गर्नुपर्ने बताए ।

बिना योजना र सम्भाव्य अधययन बिना योजना माग्दा स्रोत नपुग्ने र बजेट पनि फ्रिज हुने समस्या देखिने गरेकाले यसलाई निमूल पार्नु पर्ने प्रधानमन्त्रीले बताए ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तो छ  प्रधानमन्त्रीले दिएका १६ बुँदे निर्देशनः

१. आगामी वर्ष र आगामी ३ वर्षका लागि स्रोतको अनुमान गरी सिलिङलाई अन्तिम रूप दिने ।

२. सिलिङलाई अन्तिम रूप दिनुअघि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले २०८० माघ २० गतेसम्म सबै मन्त्रालयसाग घनीभूत छलफल गर्ने ।

३. मन्त्रालय र निकायगत छलफल सकिएपछि माघ २५ गतेभित्र सबै मन्त्रालय र निकायसँग सामूहिक छलफल गरी राष्ट्रिय प्राथमिकता र राष्ट्रिय स्रोतको अवस्थाका बारेमा छलफल गर्ने ।

४. हाल कार्यान्वयनमा रहेका आयोजनाहरू सम्पन्न हुने गरी बजेट विनियोजन गरिसकेपछि मात्र नयाँ कार्यक्रम तथा योजनाका लागि बजेट राख्ने ।

५. राष्ट्रिय गौरवका आयोजनाहरूमा स्वीकृत खरिद गुरुयोजनाअनुरूप बजेट विनियोजन हुने सुनिश्चित गर्ने ।

६. बहुवर्षीय स्रोत सुनिश्चितता दिइएका आयोजना तथा कार्यक्रममा आवश्यक बजेट विनियोजन गरिसकेपछि मात्र अन्य आयोजना तथा कार्यक्रममा बजेट राख्ने ।

७. पूर्वतयारी पूरा भएका, आयोजना बैंकमा प्रविष्ट भएका र प्रतिफल दिने आयोजनाका लागि मात्र बजेट राख्ने ।

८. प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना तथा कार्यक्रमका लागि मन्त्रालयहरूमा बजेट राखी आर्थिक वर्षको बीचमा मन्त्रालयहरूले सशर्त अनुदानको रूपमा प्रदेश र स्थानीय तहमा पठाउने प्रवृत्ति बन्द गर्ने ।

९. आयोजना वर्गीकरण मापदण्डविपरीत हुने गरी संघीय तहमा कार्यक्रम तथा आयोजना नराख्ने, बजेट छर्ने परिपाटी पूर्ण रूपमा अन्त्य गर्ने ।

१०. संसद्‌मा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा मन्त्रालय र निकायगत बजेट सिलिङ समेत अनुसूचीमा राख्ने ।

११. बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा उठेका विषयहरू र आम नेपालीले दिने सुझावसमेत समावेश गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले बजेट कार्यक्रम तयार गर्ने ।

१२. राजस्व प्रणालीको पुनःसंरचना गर्ने, जसअन्तर्गतः उत्पादन र उत्पादकत्व वृद्धि गर्ने गरी राजस्व प्रणाली निर्माण गर्ने, राजस्वको दायरा बढाउने, तयारी वस्तुको भन्दा कम हुने गरी कच्चा पदार्थको भन्सार महसूल कायम गर्ने, कर संरचनामा परिमार्जन गर्ने ।

१३. बजेट निर्माण गर्दा देहायका विषयमा ध्यान दिनेः साधारण खर्चमा मितव्ययिता अपनाउने, विकास खर्च बढाउने, बाहृय तथा आन्तरिक ऋणको उपयोग विकास खर्चका लागि मात्र गर्ने, सम्भव भएमा बजेट उपशीर्षकगत स्रोत खुलाउँदा आन्तरिक ऋणको समेत उल्लेख गर्ने, आयोजना विशेष बण्ड जारी गर्ने तयारी गर्ने, प्राविधिक जनशक्ति उत्पादन र उपयोगका लागि बजेट विनियोजन गर्ने, कृषिलाई प्राथमिकता दिने – अनुदानलाई एकीकृत गर्ने, उत्पादनमा आधारित अनुदान प्रणाली लागू गर्ने, कृषिलाई एउटा मन्त्रालयको रूपमा मात्र होइन, क्षेत्रको रूपमा हेरी सम्बद्ध मन्त्रालयहरू समेतको कार्यक्रमबीच अन्तरसम्बन्ध हुने गरी कार्यक्रम तयार गर्ने, औद्योगिकीकरणमा जोड दिने, निजी क्षेत्रलाई अधिकतम सहभागी गराउने कार्यक्रम तय गर्ने ।

१४. विषयगत मन्त्रालय बजेट प्रणालीमा मन्त्रालयहरूलाई पूर्ण एक्सिस दिई मन्त्रालयहरूले राखेका कार्यक्रम तथा आयोजनालाई अन्तिम रूप दिने, अर्थ मन्त्रालयले आफैं आयोजना तथा कार्यक्रम थप्ने कार्य पूर्ण रूपमा बन्द गर्ने ।

१५. अपेक्षित प्रतिफल र उपलब्धीमा असर नपर्ने गरी कानूनबमोजिम कार्यक्रम संशोधन र खर्च शीर्षकगत रकमान्तरको अधिकार मन्त्रालयहरूलाई नै दिने । कार्यक्रम संशोधन र रकमान्तरको  प्रविष्टी गर्ने सुविधा मन्त्रालयहरूलाई उपलब्ध गराउने ।

१६. एउटा कार्यक्रम वा आयोजनाका लागि एकपटक कार्यविधि र निर्देशिका निर्माण गरिसकेपछि प्रत्येक वर्ष पुननिर्माण गर्नु नपर्ने व्यवस्था गर्ने।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.