सोमबार, श्रावण १८,२०८३ 03:09:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:09:39
Bizshala
Global IME Bank Limited

विश्वकप हेर्न अमेरिका जाने विदेशी फ्यानलाई राहत, १५ हजार डलरसम्मको भिसा धरौटी हटाइयो

विश्वकप हेर्न अमेरिका जाने विदेशी फ्यानलाई राहत, १५ हजार डलरसम्मको भिसा धरौटी हटाइयो
New Office

काठमाण्डौ । अमेरिका सरकारले सन् २०२६ को फिफा विश्वकप हेर्न आउने केही विदेशी समर्थकहरूका लागि लागू गरिएको १५ हजार डलरसम्मको ‘भिसा धरौटी’ व्यवस्था हटाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विश्वकप टिकट खरिद गरिसकेका र फिफाको विशेष ‘FIFA PASS’ प्रणालीमार्फत भिसा प्रक्रियामा सहभागी भएका समर्थकहरूलाई उक्त धरौटीबाट छुट दिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि अमेरिकाले उच्च ‘भिसा ओभरस्टे’ दर भएका करिब ५० देशका नागरिकलाई अमेरिका प्रवेशका लागि ५ हजार, १० हजार वा १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्था गरेको थियो । यात्रु समयमै अमेरिका छाडेमा उक्त रकम फिर्ता हुने प्रावधान थियो।

विश्वकपमा छनोट भएका अल्जेरिया, केप भर्डे, आइभोरी कोस्ट, सेनेगल र ट्युनिसियाजस्ता पाँच अफ्रिकी देशका समर्थकहरू यो नीतिबाट प्रत्यक्ष प्रभावित हुने अवस्थामा थिए । तर विश्वकपलाई सहज र समावेशी बनाउन फिफाले अमेरिकी प्रशासनसँग दबाब बढाएपछि टिकट भएका समर्थकलाई विशेष छुट दिइएको बताइएको छ।

अमेरिकी विदेश मन्त्रालयकी सहायक सचिव मोरा नामदारले “विश्वकै सबैभन्दा ठूलो र सुरक्षित विश्वकप आयोजना गर्ने लक्ष्यअनुसार योग्य समर्थकहरूका लागि भिसा धरौटी हटाइएको” बताएकी छन्।

यद्यपि, धरौटी हटाइए पनि सामान्य भिसा जाँच, सुरक्षा परीक्षण र अन्तर्वार्ता प्रक्रिया भने यथावत रहने अमेरिकी प्रशासनले स्पष्ट पारेको छ।

सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् । प्रतियोगिता आगामी जुन ११ देखि सुरु हुँदैछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.