विश्वकप हेर्न अमेरिका जाने विदेशी फ्यानलाई राहत, १५ हजार डलरसम्मको भिसा धरौटी हटाइयो
काठमाण्डौ । अमेरिका सरकारले सन् २०२६ को फिफा विश्वकप हेर्न आउने केही विदेशी समर्थकहरूका लागि लागू गरिएको १५ हजार डलरसम्मको ‘भिसा धरौटी’ व्यवस्था हटाएको छ ।अमेरिकी विदेश मन्त्रालयले विश्वकप टिकट खरिद गरिसकेका र फिफाको विशेष ‘FIFA PASS’ प्रणालीमार्फत भिसा प्रक्रियामा सहभागी भएका समर्थकहरूलाई उक्त धरौटीबाट छुट दिने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

