मंगलवार, असार ९,२०८३ 09:27:17
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:27:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेनेगलमाथि नर्वेको जित, हालान्डले गरे दुई गोल

Laxmi Sunrise Bank Limited
सेनेगलमाथि नर्वेको जित, हालान्डले गरे दुई गोल

काठमाण्डौ । विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को रोमाञ्चक खेलमा नर्वेले सेनेगललाई ३–२ ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गरेको छ। अमेरिकाको मेटलाइफ स्टेडियम, इस्ट रदरफोर्डमा सम्पन्न खेलमा नर्वेका स्टार फरवार्ड एर्लिङ हालान्ड र सेनेगलका आक्रमणकारी इस्माइला सार मुख्य आकर्षण बने।

नर्वेका लागि खेलको सुरुवातमा मार्कुस होल्मग्रेन पेडरसनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल थपे र आफ्नो जारी प्रतियोगितामा चार खेलमा चार गोल पूरा गरे।

New Office
CG Motors
Garima Development Bank

सेनेगलका लागि इस्माइला सारले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल फर्काए, जसले खेललाई अन्तिम क्षणसम्म प्रतिस्पर्धात्मक बनायो। तर सेनेगलको बलियो आक्रमण र अधिक पोजेसन (५८ प्रतिशत) भए पनि नर्वेको प्रभावकारी फिनिसिङका कारण नतिजा उल्टाउन सकेन।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खेलमा तथ्यांकअनुसार सेनेगलले १६ शट प्रहार गर्दा नर्वेले १३ शट मात्र गरे पनि नर्वेले ७ शट टार्गेटमा राख्दै बढी प्रभावकारी प्रदर्शन गर्यो । यो जितपछि नर्वे ६ अंकसहित समूहमा बलियो अवस्थामा पुगेको छ, तर गोल अन्तरका आधारमा फ्रान्स पछि दोस्रो स्थानमा रहेको छ। सेनेगल भने लगातार हारपछि अंकविहीन अवस्थामा रहँदै अन्तिम खेलमा इराकलाई हराउनै पर्ने दबाबमा पुगेको छ।

यो नतिजासँगै समूह आई’ को अन्तिम चरण अझ रोमाञ्चक बनेको छ, जहाँ नर्वे र फ्रान्सबीचको शीर्ष स्थानको प्रतिस्पर्धा निर्णायक बन्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.