बुधबार, जेष्ठ २७,२०८३ 08:36:28
Bizshala
  • बुधबार, जेष्ठ २७,२०८३ 08:36:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकाले प्रवेश निषेध गरेका विश्वकपका सोमाली रेफ्रीलाई स्वदेशमा भव्य स्वागत

Laxmi Sunrise Bank Limited
अमेरिकाले प्रवेश निषेध गरेका विश्वकपका सोमाली रेफ्रीलाई स्वदेशमा भव्य स्वागत
Shivam Cement

काठमाण्डौ । सोमालियाका अन्तर्राष्ट्रिय फुटबल रेफ्री ओमार आर्टानलाई अमेरिकाले प्रवेश अनुमति नदिएपछि उनी विश्वकपमा सहभागी हुनबाट वञ्चित भएका छन्। उनलाई यस निर्णयपछि सोमालियाको राजधानी मोगादिशुमा समर्थक र सरकारी अधिकारीहरूले नायकको रूपमा भव्य स्वागत गरेका छन्।

फिफाद्वारा विश्वकपका लागि छनोट गरिएका शीर्ष रेफ्रीमध्ये एक आर्टानलाई प्रतियोगितामा पहिलो पटक सोमालियाबाट रेफ्रीको प्रतिनिधित्व गराउने ऐतिहासिक अवसर प्राप्त भएको थियो। उनी २०२५ मा अफ्रिकाको उत्कृष्ट पुरुष रेफ्री समेत घोषित भएका थिए।

Bizshala
New Office
CG Motors

तर, मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई अमेरिकी अध्यागमन अधिकारीहरूले प्रवेश अस्वीकृत गरेका थिए। सो निर्णयबारे विस्तृत कारण सार्वजनिक गरिएको छैन। त्यसपछि फिफाले उनलाई प्रतियोगिताको रेफ्री सूचीबाट हटाएको पुष्टि गरेको छ।

यो घटना सोमालियामा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्चाको विषय बनेको छ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि विभिन्न देशका खेलाडी, अफिसियल तथा समर्थकहरूको भिसा प्रक्रिया र यात्रा अनुमतिमा कडाइ भइरहेको पृष्ठभूमिमा यो घटना थप विवादास्पद बनेको हो।

Garima Development Bank
Shivam Cement
Bizshala

मोगादिशुस्थित एडेन एडे इन्टरनेशनल एयरपोर्टमा सयौं समर्थकहरूले सोमाली झण्डा फहराउँदै उनलाई स्वागत गरेका थिए। समर्थकहरूको भीडबीच उनले आफ्नो देशप्रति गर्व व्यक्त गर्दै सोमाली युवाहरूलाई प्रेरित रहन आग्रह गरे। उनलाई प्रहरी अधिकारीहरुले सुरक्षा दिदै भिआईपी कक्षसम्म लगेका थिए ।

आर्टानले प्रतिक्रिया दिँदै आफू भविष्यमा फेरि विश्वकपमा फर्किने आशा व्यक्त गरे र आफ्नो देशको नाम उच्च राख्ने प्रतिबद्धता दोहोर्याए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.